आज फिलौरा डे

पोखरा, २६ भदौ/आज फिलौरा डे । यस दिवशको अवसरमा नेपाल र भारतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । सन १९६५ मा भारत र पाकिस्तान विच भएको लडाईमा भारतको विजय भएको खुशियालीमा सेप्टेम्बर ११ तारिखको दिन हरेक वर्ष फिलौरा डे मनाउदै आएको छ ।
यसैविच दिवशकै अवसरमा आज पोखरामा पहिलो पटक भारतिय सैनिकबाट अवकास प्राप्त कास्कीका भुपु सैनिक ५÷९ गोर्खा राइफल्सको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याप्टेन हर्क बहादुर गोदारको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा भुप सैनिकका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा हवल्दार तेज बहादुर शाही, हवल्दार राम बहादुर क्षेत्री, हवल्दार नर बहादुर मल्ल लगायतलाई क्यापटेन हर्क बहादुर शाहीले सल ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा सुवेदार सन्त बहादुर थापा, हवल्दार खिम बहादुर खत्री, हनेरी क्यापटेन एक बहादुर क्षेत्री लगायतले फिलौरा डे को बारेमा बोल्नु भएको थियो । सुवेदार रामनन्द पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नायव सुवेदार वालकृष्ण सुवेदीले गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...