रेवानको आयोजनामा भएको रक्तदानमा २५ युनिट संकलन

पोखरा, २६ भाद्र/रेवान पोखराको १९ औं वार्षिक साधरण सभाको उपलक्ष्यमा “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य वहादुर भुजेलले रक्तदाता कृष्ण प्रसाद तिवारीलाई व्लड व्याग प्रदान गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा पर्यटन संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, रेवान अन्र्तगतका सदस्य रेष्टुरेण्टका कर्मचारीहरु, पर्यटन व्यवसायी लगाएतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र रामघाट र नमस्ते हस्पिटलका स्वास्थ्य कर्मीहरुले विशेष सहयोग गरेका थिए ।

रेवान पोखराका अध्यक्ष गोपी वहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा ९ औं खुल्ला रक्तदान कार्यक्रमका संयोजक भिमसेन भुजेलले स्वागत गरेका थिए भने सन्चालन रेवानका महा–सचिव लक्ष्मण वरालले गरेका थिए ।raban

कमेन्टहरु
Loading...