पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

पोखरा, २६ भाद्र/nepal-oil-nigamनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर तीन तीन रुपैयाँ र हवाइ इन्धनमा ७ रुपैया मूल्य बढाएको हो ।

नियमले साउन २६ गते पेट्रोलमा २ र डिजेल तथा मट्टिेतलमा १र१ रुपैयाँ मूल्य बढाएको थियो । मंगलबार भएको मूल्य बृद्धिपछि बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा लागत मूल्य बढेर निगमले घाटा थेग्न नसक्ने अवस्था आएपछि मूल्य बढाउनु परेको प्रवक्ता शिवप्रसाद पुडासैनीले बताउए । उनले आयल निगमको १ अर्ब ६२ करोडको घाटा रहेकोमा मूल्यबृद्धिपछि १ अर्ब ३३ करोडमा झर्नेछ ।

कमेन्टहरु
Loading...