पोखरा २५ चैत्र /डायमण्ड मा.वि. तालचोकमा दुई दिने सकारात्मक विद्यालय संस्कार तालिम शुभारम्भ भएको छ । प्रशिक्षक विश्व युधिर पौडेलले प्रशिक्षण दिएको उक्त कार्यक्रममा विद्यालका सबै तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरु सहभागी रहेका थिए ।
दुइ दिन सम्म संचालन हुने तालिममा विद्यालयमा शिक्षक शिक्षिकाको भूमिका कस्तो हुनुपर्छ ? विद्यार्थीसँग कस्तो व्यवहार गर्नुपर्छ ? वालमैत्री शिक्षण कसरी गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा प्रशिक्षण केन्द्रित रहने बताईएको छ ।
तालिममा संस्थापक निर्देशक माधवशरण उपाध्यायले तालिमले शिक्षक शिक्षिकालाई अझ परिपक्क बनाउन सहयोग पुग्ने धारणा राख्यको बताईएको छ ।विद्यालयका प्राचार्य याम वा. रोकाले प्रशिक्षक पौडेललाई स्वागत गर्नुभएको उक्त तालिमको पहिलो दिनको कार्यक्रमको समापन विद्यालयका मा.वि. संयोजक अनिल गुरुङ्गले गरेका थिए ।