सहारा खेलकुद पत्रकारिता पुरस्कार एकराज गिरीलाई

पोखरा, २५ भाद्र/कास्की जिल्लालाई कर्मथलो बनाई मोफसलमा रहेर खेलकुदको विकासमा योगदान दिने पत्रकारको सम्मानमा सहारा क्लबले हरेक वर्ष प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७० पोखरा पत्रकार एकराज गिरीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद ११ हजार पाँच सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।

aakjrपुरस्कार प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकको अध्यक्षतामा बसेको बैठकले गिरीलाई छनोट गरेको हो । छनोट समितिको सदस्यहरुमा वरिष्ठ पत्रकार नारायण कार्की, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुमन देवकोटा, नेपाल खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष विनोद लामिछाने, क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, क्लबका अध्यक्ष विक्रम थकाली र महासचिव केशबबहादुर थापाको सात सदस्यीय समिति रहेको थियो । छनोट समितिले गरेको सिफारिसलाई सहारा क्लबको कार्यसमिति बैठकले पारित गरेको हो ।

वि.स.२०६० सालमा पोखरा हटलाईन दैनिकबाट पत्रकारीता सुरु गर्नु भएका गिरीले २०६४ सालदेखि खेलकुद विट पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ । हाल उहाँ पोखरा हटलाईनको डेक्स इन्चार्जको रुपमा रहनु कार्यरत रहनुभएको छ भने पोखराको गोर्खाली रेडियो १०६ मेर्घाहर्जको समाचार संयोजक र गोरखापत्र दैनिकको लेखनाथ समाचारदाताको रुपममा काम गदै आउनु भएको छ । उहाँले यसअधि पोखरा एफ.एम, सार्थक सन्देश साप्ताहिक र पोखरा न्यूज डट.कम र हेडलाइन्स एफ.एफ काठमाडौमा पनि पोखराबाट काम गरिसक्नु भएको ।

यस भन्दा अगाडी सो पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ्ग, दिनानाथ बराल, प्रदिप पौडेल सम्मानित भैसक्नु भएको छ । साथै क्लबको सर्वाङ्गिण विकासमा महत्वपुर्ण योगदान पु¥याउने सदस्यलाई प्रोत्साहान स्वरुप सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७० बाट प्रविन श्रेष्ठ लाई सम्मान गरिने जानकारी क्लबले गककराएको छ ।

कमेन्टहरु
Loading...