नेपाल आफै कमजोर हुदा सिमा मिचियो – सिमाबिद् श्रेष्ठ

गोकुल बानियाँ /पोखरा २५ भदौ / सिमाबिद् बुद्धी नारायण श्रेष्ठले नेपालीहरु आफै कमजोर हुदा देशको सिमा मिचिदै गएको बताएका छन् । नेपाल आत्मानिर्भर हुन नसक्दा र छिमेकीले लगातार सिमा मिचिरहेको उनले बताए । नेपालका राजनितिक दल देखि सरकार प्रमुख सम्म बिदेशीको ईसारामा चल्दा सिमा मिचिएको बारे बोल्न नसकेको उनको दाबि छ । नेपालको सिमा समस्याबारे भोलि पोखरामा हुन लागेको बृहत अन्तरक्रियाको जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सिमा मिचिएको थाहा पाएर पनि राजनितिक दलका प्रमुख देखि सरकारको नेतृत्वकर्ताहरु पनि केहि बोल्न नसकेको बताए । सिमा अतिक्रमण हुनुमा छिमेकी देशको दोष नभई नेपाली आफै कमजोर हुनुको प्रतिफल भएको श्रेष्ठको दाबि छ ।
भारतसंग सिमा जोडिएका २६ जिल्ला मध्य २१ जिल्लाको ७१ स्थानमा सिमा मिचिएको उल्लेख गर्दै उनले नेपालको कमजोरीको फाईदा भारतले उठाईरहेको बताए । पटक पटक बहालवाला प्रधानमन्त्रीले सरकार संचालनको साचो अन्यत्रै छ भन्नुले राष्ट्रिय हितको लागि सरकारको क्षमतामा प्रश्ना उब्जाएको श्रेष्ठले बताएका छन् । उनका आनुसार भारताद्धारा सबैभन्दा बढी दाचुर्लाको कालापानीमा ३७ हजार हेक्टर र सबैभन्दा कम ईलामको पशुपति नगर ४ मा आधा रोपनी जमिन अतिक्रमण भएको छ । ‘ बिभिन्न राजनितिक दलहरुले सिमा क्षेत्रको निरिक्षण, जनजागरण अभियान चलाएपनि औपचारिकतामा मात्रै सिमित भएको छ ’ उनले भने ।

नेपालका नेताहरु छिमेकी देशमा बिन्ती भाउ चढाउदै हिडेको प्रतिफल पिसमा अतिक्रमण भएको उनले आरोप लगाएका छन् । सिमा समस्या समाधानकधो लागि जनमत संग्रह गर्नुपर्ने, नेपाल भारत वा यिचन मध्य एउटामा मर्ज हुने जस्ता अभिब्यक्ति जिम्मेवार ब्यक्तिले दिदै हिड्नु नेपालको राष्ट्रिय हित बिपरित रहेको श्रेष्ठले बताएका छन् । नेपाली नेपालीमा पनि बिखण्डन आएकाले बाहिरी हस्तक्षेप बढेको उनको ठहर छ ।

नेपालको उत्तरी क्षेत्रमा चिनिया गुम्बाहरुको संख्या बढ्नु, दक्षिण तिर हजारौ चर्च र मदरसा खुलेपनि नेपाली शास्त्रिय मठ मन्दिरको संख्या घट्दै गएको र यसले राष्ट्रियतामा गम्भिर असर पर्ने उनले संकेत गरेका छन् । संबिधानसभाको निर्बाचन गरी संबिधान निर्माण भएमा राष्ट्रियता जोगाउन सजिलो हुने उनको धारण छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिको आयोजनामा भोलि पोखरामा नेपालको सिमा समस्याबारे बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संस्थाका महासचिब राम बहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...