पोखरा, २४ चैत्र/हाइकर्स क्लब नेपालले शनिबार पोखरामा आयोजना गरेको हाइकिङमा बच्चादेखि बालबालिका र वयस्कसम्मको सहभागीता रह्यो । स्वास्थ्य र पर्यटन प्रवद्र्धन गर्नको लागि क्लबले पोखराको ड्यामसाइडदेखि शान्ति स्तुपासम्म ४ किलोमिटरको हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । उनीहरुले ड्यामसाइडबाट हिडेर बाटो पहिल्याउँदै शान्ति स्तुपा सम्म पुगेका थिए ।
हिड्न रुचि राख्ने बिभिन्न पेशा तथा सामाजिक सस्थामा आबद्घ व्यक्तिहरुको सकृयतामा स्वास्थ्य र पर्यटनका लागि हाइकिड्ड भन्ने मुल नाराका साथ पोखरामा केही समय अघि हाईकर्स क्लब नेपाल गठन भएको थियो ।
कार्यक्तमको सुरुवात गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले हाइकिङ छोटो ट्रेकिङ्ग भएकोले यसले पोखरा र यस आसपासका डाडाँकाडालाइ चिनाउदै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हाइकिङले व्यक्ति स्वयमलाई पनि स्वास्थ र तन्दुरुस्त रहन मद्धत गर्ने बताए । क्लबले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै थपलियाले आगामी दिन पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैँ हाइकिङमा विद्यार्थीको सहभागीता बढाउनुपर्नेमा जोड दिए ।
हाईकर्स क्लब नेपालका अध्यक्ष प्रबिन तुलाचनले हाईकिड्ड मार्फत व्यक्ति स्वस्थ्य र देशलाई समृद्घ बनाउन क्लबले भूमिका खेल्ने बताए ।हाइकिङमा हिड्न रुचि राख्ने बिभिन्न पेशा तथा सामाजिक सस्थामा आबद्घ व्यक्तिहरु, पर्यटनका वोर्ड पोखराका प्रबन्धक, क्लबका पदाधिकारी, सदस्यहरु, पत्रकार, बालबालिका लगायतकाको सहभागीत रहेको थियो ।