फर्निचर ब्यवशायीले लेखनाथ उद्योग वाणिज्य संघका पत्यासी सगँ चुनावी अन्तरक्रिया

पोखरा २५ भदौ/पोखरा फर्निचर तथा फर्निसिङ ब्यवशायी संघ कास्कीले लेखनाथ उद्योग वाणिज्य संघका १७ औ वार्षिक साधारण सभा तथा ९ औ अधिवेशनको सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी भदौ २९ गते हुन लागेको संघको अधिवेशनमा प्रत्यासी अध्यक्ष तथा सदस्यहरु विच आयोजना गरिएको छलफल कार्यक्रममा ब्यवशायीहरुले आफुहरुको पनि प्रतिनिधित्व हुनुपर्ने वताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै अध्यक्ष पदका प्रत्यासी उमेदवार बावुराम गिरीले फर्निचर ब्यवशायीहरुलाई संगठित भएर एकताबद्ध रुपमा अगाडी वढ्न आग्रह गरे । ब्यवशायीहरु अस्वस्थ प्रतिस्पर्धाका कारण अफ्ठयारोमा परेको वताउदै गिरीले आगामी दिनमा अस्वस्थ प्रतिस्पर्धालाई रोकेर सहकार्यका साथ अगाडी वढ्नुपर्नेमा जोड दिए । विदेशी फर्निचरलाई भन्दा स्वदेशीलाई प्राथमिकता दिने वातावरण वनाउन फर्निचर ब्यवशायी संग उनको आग्रह रहेको थियो ।

अधिवेशनको सन्दर्भमा उनले हाम्रोलाई भन्दा राम्रोलाई जिताउनुपर्ने वताउदै लेखनाथमा रहेको ब्यवशायीको हकहितको लागी काम गर्ने उमेदवारलाई जिताउन फर्निचर ब्यवशायीलाई आग्रह गरे । कार्यक्रममा वोल्दै अर्का अध्यक्षका प्रत्यासी एल के शर्मा भट्टराइले आफु अध्यक्ष बने लेखनाथ बासीलाई लोडसेडिङबाट मुतm बनाउने वताए । उनले भने बिजयपुरमा निर्माणाधिन सिभिल हाईड्रोपावरबाट लेखनाथ वासीलाई लोडसेडिङबा मुतm बनाउनेछु म अध्यक्षमा हारेपनि म हाईड्रोपावर निर्माणमा लागी रहनेछु ।

लेखनाथमा रहेका उद्योग ब्यवशायीका हक हितका लागी पनि सक्दो काम गर्ने उनको भनाइ रहेको थियो । लेखनाथमा औधोगिक क्षेत्र, ल्याण्ड फिल्ड साइड , बसपार्क निर्माण र पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुलाई अध्यक्ष बनेको खण्डमा विषेश पहल गर्ने उनले प्रतिवद्धता समेत ब्यतm गरे । कार्यक्रममा वोल्दै पोखरा फर्निचर तथा फर्निसिङ ब्यवशायी संघका सल्लाहकार संयोजक यूवराज पौडेलले ब्यवशायीहरुले आफुहरुको पनि प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य संघले वस्तुगत संघलाई पनि समेटेर क्षेत्र कायम गर्दै प्रतिनिधित्व कायम गर्नुपर्ने वताउदै अघिल्ला अधिवेशनहरुमा अनुरोध गरेको भएतापनि अझसम्म कायम हुन नसकेकोमा आक्रोस ब्यतm गरे ।
पोखरा फर्निचर तथा फर्निसिङ ब्यवशायी समितिको अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रत्यासी उमेदवार, यूवा ब्यवशायी राजु सुवेदी, महेश्वर आचार्य लगायत सहभागीहरुले आ आफ्नो धारणा राखेका थिए । आगामी भदौ २९ गते हुन लागेको संघको अधिवेशनका लागी अध्यक्षमा दुई , दश सदस्यको लागी एक महिला सहित १७ जना र एक महिला सदस्यको लागी ४ जनाको उमेदवारी परेको छ ।

कमेन्टहरु
Loading...