वाइसिएलको तमुवान भेला असोज ५ गते बन्दीपुरमा

पोखरा, २५ भदौ/एकिकृत नेकपा माओवादीको उत्तराधिकारी सँगठन वाइसिएल तमुवान राज्य समितिको प्रथम राज्य भेला असोज ५ गते तनहुँको पर्यटकिय गाउँ तनहुँको बन्दीपुरमा हुने भएको छ । भेलामा तमुवान राज्यका आठ वटा जिल्लाबाट करिब तिन सय प्रतिनिधी÷पर्यबेक्षकको सहभागिता रहने भएको छ । वाइसिएल तमुवान राज्य कार्यालयको सोमबार पोखरामा भएको बिस्तारीत बैठकले आउँदो संबिधानसभालाई मध्यनजर गर्दै सँगठन निर्माण सुदृढ र बिस्तारका लागि युवा अभियान चलाउने निर्णय गरेको अध्यक्ष दिपक कोइराला रुपकले जानकारी दिनुभयो ।

बैठकमा वाइसिएलको हालै काठमाण्डौमा सम्पन्न राष्ट्रिय अधिबेशनबाट निर्बाचित तमुवान क्षेत्रका २२ जना केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो । बैठकले तमुवान क्षेत्रमा एनेकपा माओवादीलाई बिजयी गराउन प्रत्येक निर्बाचन क्षेत्रमा केन्द्रिय सदस्यहरुको नेतृत्वमा अभियान संचालन गर्ने निर्णय भएको पनि अध्यक्ष रुपकले जानकारी दिनुभयो । वाइसिएलले तमुवानमा सामाजिक बिकृति र गुण्डागर्दी निर्मुल पार्न समेत बिशेष अभियान सुरु गर्ने भएको छ ।

“बिगतमा हामीले गरेका राम्रा काम फेरी सुरु होस भन्ने जनअपेक्षा र सुझाबहरु आएका छन् ।” केन्द्रिय सदस्य सुमन देबकोटा अब्दुलले भन्नुभयो–“अब  बिधानसभालाई भयरहित ढंगले सम्पन्न गर्नका लागि पोखरा लगायत आसपासको क्षेत्रमा गुण्डागर्दी निर्मुल अभियान सुरु गरिने छ ।” वाइसिएलको बैठकले जनयुद्धकालिन मुद्धा उठाएर माओवादी कार्यकर्ताहरु गिरफ्तार गर्न सुरु गरिएको घटनाप्रति गम्भिर चासो ब्यक्त गरेको छ ।

जनयुद्धकालिन घटनाहरुमा माओवादी कार्यकर्ताहरु पक्राउ हुने हो भने त्यस बेला माओवादी कार्यकर्ताहरु पक्राउ र हत्या गर्न सुराकी गर्नेहरुलाई वाइसिएलले स्थानिय स्तरमै जनकारबाही अभियान सुरु गर्ने पनि केन्द्रिय सदस्य देबकोटाले जानकारी दिनुभयो । बैठकले देशमै पहिलो पटक पोखरामा गठन भएको अन्नपुर्ण उत्पादन ब्रिगेडलाई सक्रिय बनाउने र राज्यभरनै उत्पादन र निर्माणको काममा अघि बढाउने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...