पोखरामा बाल मेला शुरु

सागर राज तिमिल्सिना
पोखरा, २५ भाद्र/बालबालिकाको प्रतिभालाई बाहिर ल्याउन र अधिकारलाई सुनिश्चि गर्ने उद्देश्यका साथ आजबाट पोखरामा बाल मेला शुरु भएको छ । मेलाको क्षेत्रीय प्रशासक लोकदशर्न रेग्मीले उद्घाटन गरे । उनले बालबालिका देशका कर्णधार भएका कारण उनिहरुको अधिकार सुरक्षका लागी सबै लाग्नु पर्ने बताए । उनले बालबालिकाको अधिकार रक्षाका लागी बालबालिका आफै मात्रै लागने नहुने बताउदै अभिभावक, सरकारी तबरबाट पनि रक्षा गर्नु पर्ने बताए ।

मेलामा बालबालीकाहरुले विभिन्न प्रतिभाहरु देखाउने छन् । उनिहरुले खुल्ला नृत्य, गित प्रतियोगिता, पोष्टर प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगाएतका प्रतियोगितामा भाग लिने छन् । त्यसै गरि विज्ञान प्रर्दशनी, बालबालीका सम्बन्धी डकुमेन्ट्री, हेर्नु का साथै बालबालिकाका लागी आवश्यक विभिन्न ज्ञान प्रविधिका सामाग्री प्रर्दशनी गरीएको छ । जिल्ला बालमञ्च कास्कीको आयोजनामा भएको कार्यक्रमा छुुनुमुनु पव्लीकेसन, बाबा फाउन्डेसनको सहकार्य रहेको छ ।

अब साना बालबालिकाको पालो भन्ने नाराका साथ शुरुभएको मेला भाद्र २९ गते सम्म सन्चाल हुने छ । मेलामा करिब ३० जिल्लाका ३ सय भन्दा बढि बालबालिकाको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइराला, जिल्ला विकास अधिकारी ईश्वर पौडेल, पोखरा उपमहानगर पालिकाका कार्यकारी प्रमुख झलकराम अधिकारी लगाएतले सरकारले बजेटमा नै १५ बालबालिकाको विकासमा खर्च गर्न नीति बनाएको बताउदै त्यसको कार्यान्यनमा सबै अग्रसर हुने पर्ने बताए ।

कमेन्टहरु
Loading...