गोरखामा अखण्ड नेपालमा युवाको प्रबेश

पोखरा, २५ भाद्र/सहअस्तित्व समाजबाद, राष्ट्रिय अखण्डता र सामाजिक सदभाव भन्ने मुल नाराका साथ नव गठित अखण्ड नेपाल पार्टीले आफ्नो संगठन विस्तारमा तिव्रता दिएको छ । अखण्ड नेपाल पार्टीले संगठन विस्तारकै क्रममा मंगलबार क्षेत्र नम्वर १ गोरखामा क्षेत्रिय भेला सम्पन्न गरेको छ । माओवादी, नेपाली काँग्रेस पार्टी परित्याग गरी अखण्ड नेपाल पार्टीमा प्रवेश गर्ने आश बहादुर घले, धुव्र कुवँर, गोविन्दा बाबु अधिकारी, तारा बहादुर खडका, विनोद कुमाल लगायतका कार्यकर्तालाई अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथी खिम बहादुर शाहीले पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा बोल्दै शाहीले ठुला राजनितिक दलहरुलाई डेट एक्सपाएर औषधीको संज्ञा दिनुहुदै सत्तालिप्साको मोहमा परी जनतालाई जालझेलमा पार्नुका साथै देशलाई दलदलमा फसाएको हुदाँ आगामी निवार्चनमा बुझेर मात्र मताधिकार प्रयोग गर्न आग्रह गर्नु भएको छ । त्यस्तै गण्डकी धौलागिरी अञ्चल समन्वय समितीका सदस्य मिन बहादुर केसीले नेपाली जनताले पहिलो संविधान सभामा गलत सभासद चुनेर पठाएका कारण देश आज यो स्थितीमा आएको भनाई राख्नु हुदै अव त्यो गल्ती दोहोर¥याउन हुदैन भन्ने पक्षमा नेपाली जनता रहेको तर्क राख्नुभयो ।
यसैविच कार्यक्रममा अञ्चल सदस्य गणेश केसीले अहिलेका राजनितिक दलका नेताले आफ्नो स्वार्थ पुर्तीका लागि जनतालाई एक आपसमा लडाई एकल जातिय राज्य दिने गलत निर्णय लिएको आरोप लगाउनु भयो । उहाँले नेपाल रहे मात्र हामी नेपाली रहने हुदाँ यो अस्तित्वको लडाईमा लागेका पार्टीको नारा जस्तै उच्च मनोवल राखी गाउ गाउ सम्म एकतावद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो । गोरखा जिल्ला अध्यक्ष रोलक बहादुर थापाको अध्यक्षतामा भएको भेलामा अखण्ड भुपु मञ्चका केन्द्रिय महासचिव शंकर वावु केसी, अखण्ड महिला मञ्चकी केन्द्रिय सदस्य निर्मला थापा लगायतले आ–आफ्ना धारणा राख्नु भएको अखण्ड नेपाल पार्टी कास्कीका जिल्ला उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख अर्जुन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...