ढिकुरपोखरीमा सम्पन्न खुल्ला फुटवल प्रतियोगितको उपाधी एनजी गाइजलाई

पोखरा, २५ भाद्र/ढिकुरपोखरी युवा सञ्जालले तीज पर्वको अवसरमा आयोजना गरेको खुल्ला अन्तरक्लव फुटवल प्रतियोगिताको उपाधी एनजी गाइजले जितेको छ । सोमबार भएको फाइनल खेलमा विष्णुपादुका हेम्जालाई प्रतिस्प्रधात्मक खेलमा १–० ले पराजित ग¥यो । भारि वर्षातविच हिलाम्य मैदानमा विवेक गुरुङ्गले दोश्रो हाफमा गरेको गोल निर्णायक बन्न पुगेका हो ।

जितसंगै एनजी गाइजले नगद ५० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार पायो भने दोश्रो स्थानमा चित्त बुझाएको विष्णुपादुका हेम्जाले नगद ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा एनजी गाइजका विवेक गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी, प्रतियोगितामा कुल ४ गोल गरेका विष्णुपादुकाका नोर्गु छिरिङ सर्वाधिक गोलकर्ता तथा पर्वत युनिटि क्लव अनुशासित टोलि बन्यो । उनीहरुले ट्रफि पुरस्कार प्राप्त गरे । चारदिन सम्म चलेको प्रतियोतिगामा विभिन्न १६ क्लवहरुले भाग लिएका थिए ।football

कार्यक्रममा प्रमुख अतिथि कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपीबहादुर भट्टराई, विशेष अतिथि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, आयोजक सञ्जालका अध्यक्ष सुसिल भट्टचन, एन्फा कास्कीका उपाध्यक्ष कुमार गुरुङ्ग, धरमसिंह लामिछाने, कुमार गुरुङ्ग, महासचिव राजन पौडेल, कोषाध्यक्ष सुक गुरुङ्ग, सदस्य महेन्द्र गुरुङ्ग, हिटलर घले,रमेश कार्की, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्य भुजेल, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, कोषाध्यक्ष रविनसन प्रजु लगाएतले विजेता टोलि तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम संयोजक विकास गुरुङ्गको सभापतित्वमा भएको समापन कार्यक्रममा ढिकुरपोखरी गाविसका एनेकपा माओवादी अध्यक्ष गोविन्द अधिकारी, नेपाली काँग्रेसका मनपति भण्डारी, एमालेका चन्द्रबहादुर गुरुङ्ग, राप्रपाका खेमराज अधिकारी, नेकपा माओवादीका दण्डपाणी अधिकारी, समाजसेवी कूलबहादुर गुरुङ्ग‘कुलु’ लगाएतले बोलेका थिए । सञ्जालका महामसचिव दिल जिसीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष चन्द्रमोहन सुवेदीले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...