मदरल्यान्डबाट एसईईमा सहभागी विद्यार्थीलाई बिदाई

पोखरा, १९ चैत्र/‘सबैका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ स्थापना भएको पोखरा महानगरपालिकाको मासवारमा अवस्थित मदरल्यान्ड माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीलाई मङ्गलबार विदाई गरिएको छ ।

विद्यालयका नेपाली विभागीय प्रमुख डण्डपाणि सुवेदी, विद्यार्थीहरु सुरज आचार्य र कल्पना आचार्यले सङ्घर्षको आनन्द प्रस्तुत गर्दै आत्मीयता, ममता र ज्ञानको ज्योतिले सधैँ समीपमै रेहने बताए ।

२०७५ को एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई अग्रिम बधाई तथा शुभकामना दिँदै विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माले मदरल्यान्डले रचेको सुनौलो इतिहास र असल संस्कारलाई अहिलेका विद्यार्थीले पनि निरन्तरता दिने बताए ।

उनले विदाई कार्यक्रम औपचारिकता मात्र भएकाले यस समयलाई छोटो ब्रेकका रूपमा लिँदै कक्षा एघारको शैक्षिक यात्रामा पनि भेटिन सकिने बताए । विद्यार्थीहरूले विविध मनोरञ्जनका विविध कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

विद्यार्थीलार्ई खादा ओढाएर मायाको चिनोका साथ बिदाई गरेको कार्यक्रमको सञ्चालन मावि इन्चार्ज तथा सामाजिक अध्ययन विभागका प्रमुख टेकनाथ पौडेलले गरेका थिए भने कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...