आफु खुसी विदेशीले नेपालमा भम्रण गर्न नदिने

पोखरा, २५ भाद्र/विभिन्न बहानामा लामो समयदेखि पोखरामा बसोबास गरिरहेका विदेशी पर्यटकले आफुखुशी ट्रेकिङ व्यवसाय चलाउने गरेको पार्ईएको छ । आफ्ना साथी र नातेदार भन्दै पर्यटक समुहलाई नेपाल ल्याएर विभिन्न क्षेत्रको टे«किङमा लैजाने गरेको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

टान पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष नारायणप्रसाद सापकोटाले विभिन्न ब्यापार व्यवसाय गर्ने निहुँमा लामो समयदेखि नेपाल बसेका विदेशी नागरिकले अवैध रुपमा टे«किङ व्यवसाय चलाउने गरेको पाईएको बताए । ‘लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका व्यक्तिले पर्यटकलाई आफुखुशी टे«किङ पठाएको पाईएको छ । यस्तो गर्नु अवैधानिक हो,’ सापकोटाले भने, ‘यसले गर्दा पदयात्रामा कुनै अप्ठेरो आईपरेमा समस्या आउँछ ।’

कमेन्टहरु
Loading...