एबी केयरद्वारा निःशुल्क औषधि वितरण

पोखरा, २५ भदौ /एबीकेयर हस्पिटल एण्ड रिहाविलिटेशन हस्पिटल तथा नेपाल फिजियोथेराफी एशोसियसन कास्की शाखाले कास्कीको भलामस्थित हरिहर गुफा सन्यास आश्रमका बृद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । साथै सो अवसरमा औषधि तथा स्वास्थ्य सामग्रीसमेत प्रदान गरिएको छ ।

DSC02883एबीकेयर तथा एशोसियसनका अध्यक्षल डा. अनिलबावु पराजुलीले आश्रमका उपाध्यक्ष त्रिलोचलन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा डा. सुवास गौतम र डा. प्रकाश धितालले फिजियोधेरापीबारे जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई फिजियोथेरापीबारे अभ्यास गर्न सिकाइएको प्रवन्धक सुवास पुरीले जानकारी थिए । कार्यक्रम सम्पन्न गर्नका लागि प्राविधिक सहयोग कृष्णराज ढकालले गरेका हुन् ।

कमेन्टहरु
Loading...