वि.पी.जयन्तीमा द्धीप प्रज्वलन

पोखरा, २५ भाद्र/नेपाली कांग्रेसका महामानव विशेश्वर प्रसाद कोइरालाको १०० औ जन्मयन्तीको अवसर पारेर विशव शान्तिको कामना गर्दै नेपाल बिद्यार्थी संघ कास्की क्षेत्र नं ४ ले सोमवार पोखराको हरिचोकमा द्धीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी संघ कास्कीका सभापती तथा कार्यक्रमका प्रमुख अतिथी कल्याणबाबु भण्डारीले राष्ट्रियता कमजोर भएका अहिलेको अवस्थामा महामानव वि.पी. को सिद्धान्तलाई सबैले आत्मसाथ गरेर हिडनुपर्ने र त्यसैमा नेपालीको भलाई हुने बताए । ने.वि.संघ कास्की क्षेत्र नं ४ का सभापती सुसील पौडेलले वि.पी कोइराला नेपाली कांग्रेसको मात्र नभई सम्पुर्ण नेपालीको स्वतन्त्रताको ढुकढुकीका राजनेता भएको बताए ।

कार्यक्रममा ने.वि.संघ कास्कीका सचीव ल्क्षमण पहारी, सहसचिव खुसीराम बराल,जिल्ला सदस्य सरद दवाडी,विद्यार्थी नेता सुदर्शन आचार्य लगायतले वि.पी.को बारेमा चर्चा गर्दै नेपालका राजनैतीक दलहरु वि.पी.को सिद्धान्त बाट विचलीत भएकोमा दुःख व्यक्त गर्दै आ–आफ्नो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...