हरिबंशको चिना हराएको मान्छे अब अँग्रेजीमा

पोखरा, २५ भदौ /कलाकार हरिवंश आचार्यले चिना हराएको मान्छे अब अंग्रेजी सँस्करणमा प्रकाशन गर्ने जानकारी दिएका छन् । आफुले पहिलोपटक लेखेको पुस्तक नेपाली संगै विदेशी पाठकले पनि उत्तिकै मन पराएका कारण अँग्रेजीमा रुपान्तरण गर्न लागेको उनले जानकारी दिए । रुपान्तरणका लागि काम भैरहेको उनले जानकारी दिए ।

बुक मार्ट प्रालिको आयोजनामा भएको एक कार्यक्रमका बिच उनले आफुलाई कलाकारको रुपमा दर्शक स्रोताले जसरी मन पराए उत्तिकै लेखकको रुपमा पनि मन पराएको बताए । आफुले ‘चिना हराएको मान्छे’ लेख्दा बोलिचालीको भाषा अनुसार लेखेको कारण पनि पुस्तक धेरै पाठकहरुको प्रिय बन्ने सकेको उनले विश्लेषण गरे । पत्नी रमीला सहित पोखरा आएका उनले चिना हराएको मान्छे आफ्नो स्वर्गीय पत्नी मिरा आचार्यको वियोगमा लेखेको समेत बताए । ‘मिराको वियोगमा हुँदा मैले यहि किताब लेखेर आफुलाई एक्लो हुनबाट जोगाएको थिएँ ।’ हरिवंशले भने–‘त्यसैले पनि मेरो जिवनको एउटा अभिन्न पाटोको रुपमा मैले यो पुस्तकलाई लिने गरेको छु ।’
हरिवंशले हाल ‘मैले जे भोगेँ’ शिर्षकको टेलिभिजन कार्यक्रम संचालन गरिरहेका छन् । समाजमा विभिन्न खाले दुख पाएका व्यक्तिहरुको जीवनकथा बोकेको टेलिभिजन कार्यक्रमले पछिल्लो समय निकै चर्चा पाउँदै गएको छ । हरिवंशले हालसम्म थुप्रै टेलिफिल्म, नाटक, फिल्म र स्टेजमा आफ्नो अभिनय कला देखाईसकेका छन् । हरिवंश र मदनकृष्ण श्रेष्ठको जोडी निकै चर्चित जोडीको रुपमा रहेको छ ।

कमेन्टहरु
Loading...