पोखरा, १६ चैत/लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको लायन बर्ष २०१९÷२०को अध्यक्षमा लक्ष्मी नारायण देवकोटा निर्वाचित भएका छन । शनिवार भएको क्लवको निर्वाचनवाट पत्रकार समेत रहेका देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटिका सदस्य तथा क्लवका सस्थापक अध्यक्ष, डिस्टिक ३२५ बि १ का सिनिएर एड्भाइजर दिनबन्धु पौडेलले जानकारी दिए ।
लायन्स क्लब ईन्टरनेसनल डिस्टिक ३२५बि १ का चिफ पीआर ओ परमेस्वर बरालको प्रमुख आतिथ्यतामा पोखरा १७ बिरौटा स्थित रामकुटी होम स्टेमा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा सुर्य बहादुर कार्की, द्धिर्तिय उपाध्यक्ष पुष्पराज पौडेल, तृतीय उपाध्यक्ष पवन जि सि, सचिव सालिकराम लामिछान,े सह सचिव किशोर अधिकारी, कोषाध्यक्ष जमुना गुरुङ ,सह कोषाध्यक्ष सुनिता गुरुङ, एम सि पि तोयानाथ आचार्य ,टेमर योगेन्द्र बस्नेत, पि आर ओ नारायण बराल, टेल्टुइस्टर निर्मल खाड सर्बसमम्त निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष देवकोटाले जानकारी दिए।
कार्यक्रममा डिष्टिक एड्भाइजर तथा क्लवका पुर्व अध्यक्ष किसोर बराल,डिष्टिक जोन चियर पर्सन तथा क्लवका पुर्व अध्यक्ष प्रमोद पौडेल, पुर्ब अध्यक्षहरु गोपिनाथ बराल, राजेश्वर आचार्य ,शालिग्राम देबकोटा,निबर्तमान अध्यक्ष कुमार आचार्य लगायतले शुभकामना दिएका थिए।