वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन

पोखरा, २५ भाद्र/नेपाली आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सोको समस्याबाट ग्रसित ७७ बर्षिय फत्तेमानलाई क्यान्सरको तेस्रो अवस्थामा पुगेपछिमात्र उपचार सुरु गरिएको थियो ।

fataman 2किमोथेरापीमा रहनुभएका उहाँलाई चिकित्सकहरुले राति मृत घोषणा गरेका थिए । गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न ‘, यस्तो पनि हुँदो रहेछ ‘।, सान्नानीको गालैमा कालो कोठी रैछ ‘, बनै खायो डडेलोले मनै खायो‘’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् । तस्वीरः फेसबुकबाटfataman

कमेन्टहरु
Loading...