परिर्वनशिल युवा क्बलको आयोजनामा तिज गीत प्रतियोगिता

पोखरा, २४ भाद्र/परिर्वनशिल युवा क्बल भदौरे तामागी ५ ठुलाखेलको आयोजनामा भएको तिज गीत प्रतियोगितामा लाली गुरास युवा समुह चापाकोट पहिलो भएको छ । लाली गुरासले पहिलो हुदै ६ हजार नगर र प्रमाणपत्र जितेको छ । त्यसै गरि सिद्ध बराह आमा समुह माझथुम दोस्रो र औषलचोर बाल समुहले तेस्रो स्थान हासीले गरे भने पन्चासे दिदि बैनि समुहकी विष्ण पराजुलीले उत्कृष्ट नृत्यको पुरस्कार जित्न सफल भइन् ।

दोस्रो हुनेले ४ हजार तेस्रोले २ हजार उत्कृट नृत्यले १ हजार नगद पुरस्कार जित्न सफल भए । उनिहरुलाई नेकपा एमाले नेता सिता गिरीले पुरस्कार वितरण गरेकी थिइन् । गिरीले चार्ड वार्डलाई भड्की नभै दिदि भाई दाजु बैनी र माइतीको चार्ड बनाउनु पर्र्ने बताइन् ।

कार्यक्रममा क्बलका पुर्व अध्यक्ष प्रेमराज भण्डारी, समाज सेवी रामकाजी गुरुङ्ग, सुर्य भण्डारी, चापाकोट महिला संजालकी अध्यक्ष पार्वती अधिकारी क्बलका अध्यक्ष लक्ष्मण अधिकारी, रमेश पराजुली, अजुर्न भण्डारी लगाएले क्बलले सास्कृतीको पक्षको संरक्षणका लागी प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रमा पोख्रेली माग्ने बुढा युुवराज भण्डारीले हास्य व्यग्य प्रहसन गरेका थिए ।

कमेन्टहरु
Loading...