अर्घौकालिका युवा क्लवको तीज गीत प्रतियोगीता

पोखरा, २४ भदौं/नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा अर्घौकालिका युवा क्लवले आयोजना गरेको तीज गीत प्रतियोगीताको सम्पन्न भएको छ । कालिका ४ कास्कीमा रहेको क्लवले आयोजना गरेको तेस्रो तीज साँस्कृतीक कार्यक्रम २०७० मा कुल ११ टिमको सहभागिता रहेको थियो । साँस्कृतीककार्यक्रम मार्फत लोक संस्कृतिको संरक्षण र सम्बद्धन गर्ने तथा महिलाहरुको कलाप्रर्दशनीका साथै विभिन्न गतिविधिमा अग्रसर गराई महिला सशत्तीकरणमा टेवा पुर्याउने उद्धेश्यले आयोजना गरीएको प्रतियोगीतामा शान्ति मैदान आमा समुहले प्रथम स्थान हासील ग¥यो ।

त्यस्तै सृष्टि भुजेलको समुह द्धितिय, प्रभावशाली आमा समुह तृतीय र कालिका बोडिङ्ग स्कुलको समुह सान्त्वना भएका छन् । त्यस्तैगरी उत्कृष्ट नृत्य तर्फको पुरस्कार पनि शान्ति मैदान आमा समुहले जितेको क्लव अध्यक्ष विकल रानाभाटले जानकारी दिए । तीज गीत प्रतियोगीताको अलावा लोक नृत्य प्रस्तुती, हास्यव्यङ्ग प्रस्तुती र राष्ट्रिय एवंम स्थानीय कलाकारको प्रस्तुती समेत रहेको रानाभाटले बताए । कार्यक्रममा पोखरेली माग्ने बुढो युवराज भण्डारी, पोखरेली धुर्मुस राजेन्द्र नेपाली, लोक गायक नविन भण्डारी, रविन खड्का, गायिका प्रिती गिरी लगायतकाको प्रस्तुती समेत रहेको क्लवले जनाएको छ ।

क्लव अध्यक्ष विकल रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका गाविसका सचिव गेदुराम ढकाल, नेपाली काग्रेसका सचिव कृष्ण के.सी., नेकपा एमाले कालिका गाउँ कमिटिका अध्यक्ष निर्मल दियाली, एकिकृत नेकपा माओवादी कालिका गाउँ कमिटिका अध्यक्ष भिमनाथ कुईकेल, समाजसेवी मनोहरी वस्ताकोटी, गोविन्द अधिकारी, क्लवका सचिव श्रीकृष्ण तिमिल्सीना लगायतले बोलेका थिए ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.चार हजार, दोस्रो हुने टिमलाई नगद रु. तिन हजार त्यस्तै तृतीय हुने टिमलाई नगद रु.दुईहजार, सान्त्वनालाई नगद रु.एक हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् भने उत्कृष्ट नृत्यलाई नगद रु. पाँच सय पुरस्कार प्रदान गरीएको क्लवले जनाएको छ । प्रतियोगीतामा सपल पार्न सहयोग गर्ने सबैमा क्लवले आभार प्रकट गरेको छ ।

कमेन्टहरु
Loading...