गरिमाले २५ प्रतिशत लाभांश वितरण गर्ने

पोखरा, २४ भाद्र/पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०६९÷७० को मुनाफाबाट २५ प्रतिशत लाभांश गर्ने भएको छ । बैंकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट आज स्विकृत भएको बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले जानकारी दिए ।

बैंकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने ढकालले जानकारी दिए । लाभांश बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । गरिमा विकास बैंक लिमिटेडले २०७० आषाढ मसान्त सम्म ३ अर्व निक्षेप संकलन गरि २ अर्व ४३ करोड रुपैया कर्जा लगानी गरेको छ । बैंकले साही अवधीमा ५ करोड ७६ लाख रुपैया मुनाफा आर्जन गर्न सफल भएको थियो । हाल बैंकको निक्षेप ३ अर्व १५ करोड तथा लगानीमा रहेको कर्जा २ अर्व ६० करोड रुपैया रहेको छ ।

कमेन्टहरु
Loading...