पत्रकारहरु गुफा तिर, पोखराबाट दुर्गा अधिकारी

पोखरा, २४ भाद्र/अघिल्लो वर्षबाट शुरु भएको पत्रकारहरुको गुफा बसाइले यस वर्ष पनि निरन्तरता पाएको छ । लगातार तीन दिनसम्म एकापसमा नबोली बाह्य संसारसँग कुनै सम्पर्क पनि नहुनेगरि गुफा भित्र बसेर बाहिरी संसारका बारेमा समाचार लेख्न उनिहरु गुफा बसेका छन् ।
‘मिडिया गुफा’ नाममा गत वर्षदेखि सुरु भएको यो अनौठो अभ्यासका लागी देशभरबाट पत्रकारहरु छनौट गरिएको थियो । गुफा बसेका पत्रकारहरुमा पोखराकी पत्रकार दुर्गा अधिकारी रहेकी छन् । उनि पोखराबाट प्रशारण हुने रेडियो सफलताकी सन्चालक समेत हुन् । त्यसै गरि काठमाडौं ‘अन्नपुर्ण पोष्ट’का रविराज बराल, काठमाडौं ‘जागरण मिडिया सेन्टर’का महावीर विश्वकर्मा, काठमाडौं ‘उज्यालो नेटवर्क’का बोमलाल गिरी, झापाका स्वतन्त्र पत्रकार गोपाल झापाली, बाग्लुङको ‘रेडियो परिवर्तन’की कविता मगर छिन् ।gufa
उनिहरुले गुफाभित्रैबाट इन्टरनेट र सामाजिक सञ्जालहरुको प्रयोग गरेर एक एकवटा फिचर समाचार तयार पार्नेछन् । उनीहरुलाई वरिष्ठ पत्रकार युवराज घिमिरेले ७२ घन्टासम्मै साथ दिने छन् ।
तस्वीर सौजन्य ः सेतो पार्टी डटकम

कमेन्टहरु
Loading...