सानो परी यस्मीन गुरुङ र सानो बाबु सर्जेस थापाले उपाधि चुमे

पोखरा, २४ भाद्र /जीत हाम्रोको आयोजनामा भएको नवौ सस्करणको “सानो परी एण्ड सानो बाबु–२०१३” प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बिभिन्न २५ बिद्यालयका ७ बर्ष देखि १२ बर्ष उमेर समूहका ६० जना बालिकाहरूले सहभागिता जनाएका उक्त ट्यालेन्ट कन्टेस्टमा ३४ जना प्रतिस्पधी लाई ग्लोबल कलेजीयट स्कूलकी १० बर्षीय यस्मीन गुरुङले सानो परीको ताज पहिरिन सफल भएकी हुन् भने बाबु तर्फ मदरल्याण्ड स्कूलका ११ बर्षीय सर्जेस थापाले २५ जना प्रतिस्पर्धी लाई पछि पार्दै सानो बाबुको उपाधी चुम्न सफल भए ।

विजेताले क्राउन, मेडल र ट्रफी सहित दश हजार रुपैयाँ नगद र अन्य विभिन्न उपहारहरु पनि प्राप्त गरे त्यसैगरि सानो परी तर्फ मदरल्याण्ड स्कूलकी १२ बर्षीय करुणा मल्ल फस्ट रनरअप, फुलबारी मन्टेश्वरी कटेजकी ९ बर्षीय अपेक्षा श्रेष्ठ सेकेन्ड रनरअप, दिप्ती थापा थर्ड रनरअप र फोर्ट रनरअपमा सदिप्ता पौडेलले उपाधि चुम्न सफल भए भने बाबु तर्फ फस्ट रनरअप मदरल्याण्ड स्कूलका आयुष गौतम, सेकेन्ड रनरअप ताराकुन्ज स्कूलका प्रज्वल भण्डारी, थर्ड रनरअफ प्रवेश भण्डारी र फोर्ट रनरअपमा सदिप भण्डारीले विजेताको स्थान जमाउन सफल भए । दिउँसो २ बजे देखि सुरु भएको कार्यक्रम समापन हुन करिब नौ घण्टा लागेको थियो ।sanu babu sanu pari

अन्तिम चरणका आठ–आठ जना नानी बाबूहरुलाई निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । प्रतिस्पर्धीहरुको मूल्याङकनका लागि थम्बरुल नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक तथा उद्यमी मिग्मार तामाङ, म्याक्सवेल इन्टरनेशनल र सुपर ब्रेन मन्त्रका प्रबन्ध निर्देशक जीत राघब, सौर्य दैनिकका सह–सम्पादक दीपक सापकोटा, माई स्मल हेल्पका प्रबन्ध निर्देशक राजु मर्हजन र सञ्चार कर्मी तथा प्यारामाण्ट स्कूलका सुपरभाइजर अभिसेक लामाले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

कोरियोग्राफी शुशिल दाहाल, अनिता थापामगर, इनिशा दुरा, रेखा पुरी र सुरज थापामगरले संयुक्त रुपमा गरेका थिए । संथाका प्रबन्ध निर्देशक राजेश जोशीले प्रतियोगिताका विजेता तथा उप–विजेता सहित विभिन्न संघसस्थाका व्यक्तिलाई प्रशंशा–पत्र सहित सम्मान गर्नुभएको थियो । रमार्इृला बिबिध साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज टी. थापामगर र रेखा पुरीले गरेका थिए ।

कमेन्टहरु
Loading...