लामाचौरमा हरितालिका तीज महोत्सव कलाकारले नचाए (फोटो फिचर सहित)

पोखरा, २४ भदौ/‘मौलिक संस्कृतिको जगेर्ना गरौ’ भन्ने उद्घोषका नवआदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा लामाचौरमा आयोजित हरितालिका तीज महोत्सव तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च मावि परिसरमा ३ दिनसम्म चलेको महोत्सवमा तीजको दिन दर्शक थामिनसक्नु थिए ।

teejमहोत्सवमा दर्शकलाई थप मनोरञ्जन दिन आयोजकले स्थानीयसहित राष्ट्रियस्तरका चर्चित कलाकारहरुलाई लामाचौरमा डाँकेको थियो ।
आइतबार कलाकारहरु पशुपति शर्मा, मनिषा परियार, पार्वती राई, प्रकाश भट्ट, चोलेन्द्र पौडेल, पूर्णकला बिसी, माया बिसी, विजय थापा, गोमा क्षेत्री,
सुरेन्द्र गुरुङ, माया गुरुङलगायतले गीत, नृत्य प्रस्तुत गरी महोत्सवमा उपस्थिति हजारौ दर्शक नचाएका थिए ।

तीजेगीतमा चम्किएका पशुपति शर्माले आफ्ना चर्चित गीहरु मोटरसाइकल झ्याउ भयो कार किनेर ल्याउ, लरक्कै लर्क्र्योे रातो सारी भुइँमा लगायतका गीत गाएर दर्शक नचाएका थिए भने म्यूजिक भिडियोमा चम्किएकी पार्वती राईको नृत्य मन लोभ्याउने थियो । कैलाश विकास बैंक लि. को मुख्य प्रायोजनमा भएको महोत्सवमा प्रवेश निःशुल्क कारण दर्शकको संख्या अन्तिम दिन सोचे भन्दा बढी रहेको प्रचार संयोजक सञ्जयकुमार अधिकारीले बताए । उनले अन्तिम दिन ५० हजार दर्शक आएको बताए ।

महोत्सवको अवसरमा आयोजित तीज गीत प्रतियोगितामा कामधेनु महिला समूह प्रथम हुन सफल भयो । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा सिर्जना आमा समूह लामाचौर दोस्रो र नमूना आमा समूह बगर तेस्रो भयो । उत्कृष्ट भेषभूषाको पुरस्कार जाल्पादेवी मिलीजुली क्लबले पायो । प्रतियोगितामा महिला विकास बहुउद्देश्यीय आमा समूह, जागृति आमा समूह, अकला आमा समूह, महिला समाज कल्याण आमा समूह, सामुदायिक महिला विकास समिति, घार्मी खोला आमा समूहलाई सान्त्वनाको पुरस्कार दिइयो ।

प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार रुपैयाँ दिइयो । अन्तरमावि लोकनृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी दोस्रो, गण्डकी आवासीय उच्च मावि तेस्रो भए । उत्कृष्ट भेषभुषाको पुरस्कार कुमुदिनी होम्सले पायो भने कञ्चनजंघा इङलिस
बोर्डिङ, सैनिक आवासीय उच्च मावि, सोसियल पब्लिक स्कुल सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई प्रमुख अतिथि पूर्वउपसभामुख चित्रलेखा यादवलगायते क्रमशः १५ हजार एक सय एक, १० हजार एक सय एक, सात हजार एक रुपैयाँ प्रदान गरिन् । सान्त्वना समूहलाई प्रतिसमूह तीन हजार दिइयोे । महोत्सवमा व्यापारिक प्रबद्र्धनका १९ वटा स्टल रहेका थिए भने खाजाका १० स्टल राखिएका थिए ।teej (3)teej (2)teej (1)

कमेन्टहरु
Loading...