निर्मलपोखरीमा भएको भलिवलको उपाधि सिद्धार्थलाई

पोखरा, २३ भदौ/अभियान युवा क्लव निर्मलपोखरीको आयोजनामा वडा स्तरिय भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितमा सिद्धार्थ युवा क्लब–३ ‘ए’ ले फाईनल खेलमा वडा नं–१ ‘वि’ लाई २५–२२, २५–१८, २७–२५ र २३–१९ ले पराजित गर्दै जित हात पारेको हो ।
प्रथम हुने टिमले नगद रु ७ हजार मेडट र प्रमाण पत्र प्राप्त गरेका थिए भने दोस्रो हुने टिमले नगद रु ५ हजार मेडल र प्रमाण पत्र हात पारेका थिए । त्यसैगरी प्रतियोगितामा सिद्धार्थ युवा क्लब–३ ‘ए’ का मनोज थापा मगरले उत्कृष्ट खेलाडीको उपाधी हात पारे भने वेस्ट स्पाईकरको उपाधी वडा नं १ ‘ए’ का अजित विकले प्राप्त गरेका थिए ।
त्यस अघि सेमिफाईनल खेलमा वडा नं १ ‘वि’ले आयोजक टिमलाई २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सिद्धार्थ युवा क्लब–३ ‘ए’ सेमिफाईनल खेलमा वडा नं १ ‘ए’ लाई २५–१४ र २५–१९ को सोझो सेटमा पाखा लगाएर फाईनमा प्रवेश गरेको थियो । साथै समापन समाहरोमा प्रतियोगिताको रेफ्रि यमबहादुृर शारु र शरण मल्ल ठकुरीलाई नदग र प्रमाण पत्र प्रदान गरिएको थियो ।
विजय खेलाडीलाई अभियान युवा क्लबका अध्यक्ष अर्जुन गिरी, सशस्त्र प्रहरी बलका सई सुजन राई र रेफ्रि शरण मल्ल ठकुरीले अविर, मेडल, प्रमाण पत्र र नगद प्रदान गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सल्लाहकार शिव गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...