पोखराको चिप्लेढुङगामा कस्ले लगाएयो रंग

सागर राज तिमिल्सिना
पोखरा, ५ चैत पोखराकी सञ्चारकर्मि कन्चन थापाले फेसबुकमा

बिगारिदियौ किन मेरो रुप रङ्ग
हे मानुवा रैनछ तिम्रो सहि ढ्ङ्ग ।।

पोखराको चिप्लेढुङगामा पहेलो रंग
पोखराको चिप्लेढुङगामा पहेलो रंग

भन्दै फेसबुकमा पहेलो रंगको ढुङगाको तस्बिरमा पोस्ट गरेकी छन् । उनको पोस्टमा सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आएका छन् । यती बेला पोखराको एउटा ढुङगाको तस्बिर सामाजीक सञ्जालमा हिट् छ । हिट् हुनुको कारण हो ढुङगामा लगाएको रंग ।

पोखराको चिप्लेढुङगामा पहेलो रंग
पोखराको चिप्लेढुङगामा पहेलो रंग

ढुङगामा लगाएको रंङका कारण सामाजीक सञ्जालमा कोही सरकारलाई गाली गरेका छन् छ कोहीले रंग लगाउनेलाई । पोखराको मुख्य बजारमा रहेको सोही ढुङगाबाट चिप्लेढुङगा नाम रहेको हो । सोही ढुङगामा पहेलो रंग लगाउदा अहिले बहसको विषय बनेको छ ।

पोखराको चिप्लेढुङगामा पहेलो रंग
पोखराको चिप्लेढुङगामा पहेलो रंग

चिप्लेढुङगामा कस्ले पहेलो रङ लगायो प्रशासनीक निकाय केसैलाई थाहा छैन । ढुङगामा ढुङगा अगाडी कै घर धनी योगमाया गुरुङले रंग लगाउन लगाएको बताएकी छन् । ‘मैले त ढुङगालाई अझ राम्रो देखीयोस् भनेर रंग लगाउन लगाएकी हु,’ उनले भनिन्– ‘रातीको समयमा ढुङगा नदेखेर दुर्घटना समेत हुने गरेको थियो, त्यही भएर पहेलो रंग लगाउन लगाएकी हुम् ।’

पोखराको चिप्लेढुङगामा पहेलो रंग
पोखराको चिप्लेढुङगामा पहेलो रंग

उनले आफुले ७ हजार भन्दा बढि खर्च गरेर रंग लगाउन लागेको बताइन् । उनले बाहिर विरोध भएको सुन्दा आफुलाई अचम्म लागेको बताइन् । उनले यस अगाडी पनि रंग लगाएको तर रंग नबसे पछि शनिबार साझँ लगाउन लगाएको बताइन् ।

ढुंगाको संरक्षणका लागि करिब दुई वर्ष अगाडी लायन्स क्लब अफ हेम्जाले स्टिलको बार बनाएको थियो । पोखरा महानगरपालिकाले चिप्लेढुङगालाई पहिले कै अवस्थामा फर्काउने बताएको छ ।

कमेन्टहरु
Loading...