पोखरा, ५ चैत /कास्कीको मादी गाउँ पालिका वडा नम्बर ३ याङ्जाकोटमा बर्डफ्यु भेटिए पछि त्यस क्षेत्रका कुखुरा मारेको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानिय जातका कुखुरामा बर्ड फ्लु भेटिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीले वरपरका कुखुरा मारेको हो ।
बर्डफ्लु भेटिएको मादी ३ याङ्जाकोटकी सन्तु परियारको घर क्षेत्रका ७७ वटा कुखुरा मारेको बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीका ईञ्चार्ज डा.केदारराज पाण्डेले जानकारी दिए । त्यसै गरि त्यस क्षेत्रमा भएको दाना समेत नस्ट गरेको बताए । संक्रमित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य वस्तुहरु चैत १४ गतेसम्म ओसारपसारमा निषेध गरेको उनले बताए ।
परियारले पालेको गिरीराज र स्थानिय जातका कुखुराहरु विरामी हुने र मर्ने समस्या आएपछि परीक्षणका लागि पोखरा ल्याएको र पोखरामा सम्भव नभएपछि नमूना परिक्षण गर्न काठमाडौं पठाइएको थियो ।
काठमाडौंमा गरिएको परिक्षणमा कुखुरामा बर्ड फ्लु भेटिएको पाण्डेले बताए । उनले ति कुखुरामा एच फाइभ एन वान लागेको प्रमाणित भएको उनको भनाई छ । कास्कीका व्यवसायीहरुले कास्की बाहिरका कुखुरा एक हप्ता कास्कीमा नभित्राउने जनाएका छन् ।