पोखरा, २३ भदौ/मुल आमा समुह निर्मलपोखरी कास्कीको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा निर्मलपोखरीस्थित शिवालयमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । निर्मलपोखरी गाविस र लागू पदार्थ तथा एच आई भी र एड्स रोकथाम एव नियन्त्रण समिति निर्मलपोखरी, कास्कीको प्रायोजन तथा सदावहार युवा क्लबको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रगती आमा समुह प्रथम भएका थिए भने फोक्सीङ कोट युवा क्लब द्धितीय भएका थिए । त्यसैगरी सृजनशिल आमा समुह तृतीय भएका थिए भने हराभरा दिदीवहिनी समुह र दिदी वहिनी समूह सान्त्वना भएका थिए ।
विजय हुने समुहलाई प्रमुख अथिति निर्मलपोखरी गाविसका सचिव दमयन्ती पराजुली र नेकपा एमालेका युवा नेता तथा पूर्व सभासद रविन्द्र अधिकारीले पुरुस्कार वितरण गरेका थिए । मुल आमा समुह निर्मलपोखरी कास्कीकी अध्यक्ष देवि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुनीता पोखरेल र सीता विकले गरेका हुन् ।
