राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

सागर राज तिमिल्सिना
पोखरा, २३ भाद्र/पोखराको लामाचौरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड स्पोर्टस् एकेडेमीले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै डायमण्ड बिजयी भएको छ । खेलमा डायमण्डले ३–२ को सेटमा एपिएफलाई पराजित गर्दै ५० हजार एक सय एक रुपैयाँ हात नगद पुरस्कार हात पारेको छ । न्यू डायमण्डले १५–२५, २५–१९, २३–२५, २५–१८ र १५–१२ को सेटमा एपीएफलाई हराएको हो । उपविजेताले ३० हजार एक सय एक रुपैयाँ पुरस्कार पायो ।volleyball
प्रतियोगितामा तेश्रो स्थान पोखराको ज्ञानुबाबाले जितेको छ । ज्ञानुबाबाले नेपाल प्रहरीलाई ३–१ को सेटमा हराएको थियो । ज्ञानुबाबाले २५–१८, ११–२५, २५–१० र २५–२२ मा नेपाल प्रहरीलाई हराएको थियो । तेश्रो हुँदै ज्ञानुबाबाले १५ हजार रुपैयाँ पुरस्कार पायो । लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको १७ औ वार्षिकोत्सवको अवसरमा आयोजित सो प्रतियोगितामा विभिन्न ६ वटा टिम सहभागि थिए ।
प्रतियोगितामा वेष्ट खेलाडीमा न्यू डायमण्डकी प्रतिभा मालि, बेष्ट सेटरमा एपिएफकी विनिता बुढाथोकी, बेष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ छानिए । न्यू डायमण्डकै ललिता नाथ बेष्ट क्विकर, रमिला तण्डुकार बेष्ट स्पाईकर, ज्ञानुबाबाकी अरुणा शाहि वेष्ट सर्वर, एपिएफकी सरस्वती चौधरी वेष्ट ब्ल्कर भए । त्यस्तै ज्ञानुबाबाकी मञ्जु गुरुङ बेष्ट डिफेण्डर भईन ।
यसैबीच महोत्सवको अवसरमा आयोजित अन्तरमावि छात्रा भलिबलको उपाधि टप्स उच्चमाविले जितेको छ । तीन टिम सहभागिता रहेको प्रतियोगितामा टप्सले इन्द्रराज्य लक्ष्मी र रत्नराज्यलक्ष्मी माविलाई पराजित गर्दै उपाधिसहित नगद २५ हजार एक सय एक रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा रत्नराज्यलक्ष्मी दोस्रो हुँदै १५ हजार एक सय एक रुपैयाँ पायो ।

कमेन्टहरु
Loading...