पोखरा, १ चैत /मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आव्हान गरेकी छन् । मिस नेपाल युवतीहरुका प्रतिभा र क्षमता बढाउने अवसर भएको भन्दै प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरीन् ।

मिस नेपाल २०१९ का लागि पोखरा अडिसनमा आएकी खतिवडाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी सहि सबैलाई भाग लिन आव्हान गरिन् । उनले पोखरा अडिसनमा छुटेका सबैलाई काठमाडौमा हुने अडिसनमा भाग लिन आग्रह गरीन् । ‘यो सबैको लागि अवसर हो,’ उनले भनिन् ‘अवसरको सदुपयोग गर्नुपर्दछ, पढाइ सगँ सगै क्षमता पनि बढाउनु पर्दछ ।’ मिस नेपालमा भाग लिन उचाई ५ दशमलव ४ इन्च, कक्षा १२ पास र १९ देखी २५ वर्ष उमेर समुहको हुनु पर्दछ ।
बैशाखमा आयोजना हुने २५ औं मिस नेपालको आयोजना हिडन ट्रेजरले गर्ने छ । कार्यक्रममा हिडन ट्रेजरका दिवाकरराज राजकर्णिकारले मिस नेपालका उत्कृष्टहरुले अन्तराष्ट्रिय पाँचवटा प्रतिष्पर्धामा भाग लिन पाउने बताए । मिस अर्थ २०१७ रोजिना श्रेष्ठले उचाई, पढाइ, उमेर समुह र इच्छा हुनेहरुले प्रतियोगितामा भाग लिनुपर्ने बताए ।

कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पसका साहेक क्याम्पस प्रमुख प्रदिप खनालले मिस नेपाल प्रतियोगिताले युवतीहरुको क्षमता बढाउनमा सहयोगी भएको बताए ।
हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पस प्रमुख हरि कार्कीको सभापतित्वमा भएका कार्यक्रममा कलेजका एमडी सुदन मुल्मी, रेशम सापकोटा, रिता गुरुङ, हिलसाइड बोडिङ स्कुलका निदेशक पिताम्बर अधिकारी, अध्यक्ष लिला पराजुली लगाएतले मिस नेपाल खतिवडा, मिस अर्थ २०१७ रोजिना श्रेष्ठ लगाएतलाई क्याम्पसका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
मिस नेपाल श्रृखला खतिवडा
Posted by Ganthan.com on Friday, March 15, 2019