आर्थिक पत्रकारिता तालिम सकियो

रेम बिक /पोखरा, २३ भदौ/पोखरामा आर्थिक पत्रकारिता सम्बन्धि दुई दिने तालिम आईतबार सकिएको छ । तालिममा पोखराका ३० जना पत्रकारहरुले सहभागिता जनाएका थिए । तालिममा आर्थिक पत्रकारिता गर्दा आवश्यक विविध विषयको बारेमा छलफल भएको थियो ।

अमेरिकि दुतावासको सहयोगमा आर्थिक पत्रकार समाज नेपालको आयोजनामा भएको तालिममा मोफसलमा रहेर आर्थिक पत्रकारिताको विकासका लागि पत्रकारहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयलाई विशेष जोड दिईएको थियो । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि संचारकर्मीहरुले धेरै हदसम्म सहयोगी भुमिका खेल्न सक्ने तालिमको निष्कर्श थियो ।IMG_6118

दुई दिने तालिममा आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदिप चापाँगाई, उपाध्यक्ष गोकर्ण अवस्थी, विजमान्डु डटकमका सम्पादक सरोज काफ्ले, युवा उद्यमी निरञ्जन श्रेष्ठ, द ब्यांकरका सम्पादक मधुकर अधिकारी, पर्यटन व्यवसायी टिकाराम सापकोटा, अन्नपुर्णपोस्टका पश्चिमाञ्चल ब्यूरो प्रमुख भरत कोईराला लगाएतले सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...