साफको पहिलो सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्दै

पोखरा, २३ भाद्र साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्दैछ । खेल साँझ साढे ६ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलमा नेपाल अफगानिस्तानसँग बदला लिँदै नयाँ इतिहास रच्ने प्रयासमा हुनेछ ।saff

अघिल्लो संकरणको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल फाइनल पुग्न सकेको छैन । स्रो र सातौं शंकरणमा नेपाल सेमिमिफाइलसम्म पुगेको थियो । यो पटक भने उत्कृष्ट फर्ममा देखिएको नेपाली टोलीलाई उपाधिको मुख्य दावेदारका रुपमा समेत हेरिएको छ ।

कमेन्टहरु
Loading...