अब मेघौलीमा पनि खुल्यो बाराही

पोखरा, २३ भाद्र/पोखरा होटल क्षेत्रमा ख्याती कमाएको होटल बाराहीले चितवनमा पनि सन्चालनमा ल्याएको छ । चितवनको पर्यटकीय स्थल मेघौलीमा सुविधा सम्पन्न बाराही जंगल लज संचालनमा ल्याएको हो । स्थानिय सामानहरु प्रयोग गरि आधुनिक डिजाइनमा तयार पारिएको लज स्थनीय मैत्री बताएको लजका सन्चालक विप्लप पौडेलले जानकारी दिए ।bahari 2
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराही जंगल लज २० विगाहा क्षेत्रफलमा फैलिएको छ । करिब २५ करोड रुपैयाँ लगानी गरि होटल सन्चालनमा आएको हो । लजमा ३४ वटा सुविधा सम्पन्न डिलक्स रुमहरु रहेका छन भने एउटा सुइट फेमली कोठा रहेको पौडेलले बताए । शुभारम्भको अवसर पारेर लजले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि ‘वान नाइट टु डेज स्टे’ प्याकेज बनाएको छ ।
विदेशी पर्यटकहरुको जोडीले डिलक्स रुममा वान नाईट टु डेजको प्याकेज लिँदा ३५० अमेरिकी डलर प्लस ट्याक्स तिनुपर्ने छ भने सुइट रुम लिँदा १ हजार डलर प्लस ट्याक्स तिर्नुपर्ने छ । त्यस्तै, स्वदेशी पर्यटकहरुको जोडीले डिलक्स रुममा वान नाईट टु डेज प्याकेज लिँदा १५ हजार रुपैयाँ प्लस ट्याक्स र सुइट रुमको प्याकेज लिँदा ४० हजार रुपैयाँ प्लस ट्याक्स तिर्नुपर्ने पौडेलले बताए । लजमा ठूलो स्वीमिङ पुल भएका कारण पर्यटकहरुले स्वीमिङको समेत मज्जा लिन सक्नेछन् । प्याकेजमा जंगल सफारी र विभिन्न सविधा समेत जोडीएको छ । पोखरामा होटल बाराहीले लामो समय देखि स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जित्दै आएको छ ।bahari 3bahari
 

कमेन्टहरु
Loading...