रोट्याक्ट लेखनाथको तिज बृद्धबृद्धा सँगै

लेखनाथ, २३ भाद्र/रोट्याक्ट क्लब अफ लेखनाथले विभिन्न चाडपर्व सँगै समाजमा विकृती र बिसंगती बढ्दै गएको बेलामा १८ देखी ३० बर्ष सम्मका युवाहरुको संस्थाले चाडपर्वलाई अत्यन्तै प्रभावकारी ढंगले मनाउने उद्देश्यका साथ बृद्ध बृद्धा सँगै दर खाएर सम्पन्न गरेको छ ।
शनिवार लेखनाथ ७ सहेलापाखा स्थिीत कृष्ण प्रणमी बृद्ध तथा बाल आश्रममा रहेका करीब १० जना बृद्ध बृद्धालाई दर खुवाएको छ । क्लबका अध्यक्ष रोशन अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रोटरी क्लब अफ लेखनाथका अध्यष बिश्व प्रसाद कर्माचार्यले आश्रमलाई आफू र आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतीबद्धता गरे । आश्रमका कोषाध्यक्ष तिलक अधिकारीले संस्थाको इतिहासको बारेमा चर्चा गर्नुका साथै यसलाई हाम्रो र राम्रो बनाउनुमा सबैले जोड दिनु पर्ने बताए ।
 

कमेन्टहरु
Loading...