नायिका नंगाउदै निर्देशक राजु

बलिउड नायिका पूनम पाण्डे शैलीमा नेपाली नायिका अनिशा गुरुङ
पोखरा, २२ भदौ/नायिका नंगाउने मामलामा निर्देशक राजु गिरी नेपाली फिल्म उद्योगमै शिर्ष स्थानमा छन् भन्दा फरक नपर्ला । उनले शुष्मा कार्की, पुजन स्त्री जस्ता हट नायिकाहरुलाई पनि हदभन्दा माथि हुने गरि पर्दासंगसंगै पोस्टरमा नंगाएका छन् । यद्यपी उनीहरुको हकमा केहि हद भने उनले छोडेका थिए ।  हुँदा हुँदा अहिले त यी निर्देशकले एउटी नायिकालाई यसरी नंगाएका छन्, जुन कुरा पचाउनै गाह«ो हुन्छ । आफ्नो निर्देशन रहेको पछिल्लो फिल्म ‘बिन्दास दुई’का लागि उनले एउटी नवनायिकालाई नंगाएका हुन् । यसरी नांगिने नायिका हुन् अनिशा गुरुङ । राजु गिरीले अनिशालाई नंगाएका त छन् तर ठ्याक्कै बलिउड नायिका पूनम पाण्डे शैलीमा ।Bindaas 2 poster
राजुले हिन्दी फिल्म ‘नशा’को पोस्टरजस्तै देखिने गरि आफ्नो फिल्म बिन्दास २ को पोस्टर तयार पारेका छन् । पछिल्लो समय नेपाली फिल्मका पोस्टर अश्लिल भएको भन्दै ट्राफिक प्रहरीले सडक छेऊछाऊ टाँस्न अनुमति नदिईरहेको बेला राजुले ल्याएको यो पोस्टरले तहल्का मच्चाउने लगभग पक्कापक्की छ । यद्यपी अहिले अनलाईन मिडिया र सामाजिक संजालमा मात्र सिमित यो पोस्टर पर्खाल अनि होर्डिङबोर्डमा नआउने भने निश्चित नै छ । कारण, पोस्टरमा सेन्सरको आँखा र ट्राफिक नियम ।
राजु गिरीको यस्तै खाले चलाखीकै कारणले उनको यसअघिका फिल्महरु व्यवसायिक रुपमा सफल भैरहेका उदाहरण छन् । यद्यपी विन्दास १ को बेलामा खिचाईएको शुष्मा कार्कीको फोटोको विषयमा उनै शुष्मा र निर्देशक राजु गिरीको झगडा परेको थियो । अहिले नवनायिकाको रुपमा प्रवेश गरेकी यी अनिशाले गिरीसंग कस्तो खालको प्रतिक्रिया दिने हुन् त्यो भने हेर्न बाँकि नै छ । यो फोटोको कारण नायिका त बद्नाम हुने भैहालिन् तर यसका निर्देशक पनि बद्नाम हुने लगभग निश्चित छ ।
बलिउड नायिका पूनम पाण्डे त नाङ्गिन लाज नमान्ने बलिउडकी चचिर्त मोडल तथा अभिनेत्री हुन् । तर पहिलो फिल्ममै यसरी नांगीएकी अनिशाको अबको फिल्मी यात्राको बारेमा सोँच्नैपर्ने हुन्छ । यसको रिजल्ट कस्तो आउँछ त्यो भोलीको दिनले पक्कै बताउनेनै छ ।
मधुकुमार श्रेष्ठले निर्माण गरेको फिल्म बिन्दास २ का मुख्य पात्र भने जीवन लुईटेल, शुष्मा कार्की र शुशान्त कार्की हुन् । फिल्ममा बिन्दासकै संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्मले लागुऔषधको कथा बोकेको छ । यो फिल्म तिहारको आवसर पारेर कातिर्क १५ गते रिलिज हुने निर्माणपक्षले बताएका छन् ।
 

कमेन्टहरु
Loading...