पोखरामा गणेश रसिक एक साझँ हुने

सागर राज तिमिल्सिना
पोखरा, २२ भदौ/पुराना पुस्ताका चर्चित गायक गणेश रसिकको एकल साझ पोखरामा हुने भएको छ । हिमाली सास्कृतिक परिवार पोखराले गणेश रसिक सित एक प्रहर एकल साझ मार्फत उनलाई स्टेजमा उतार्न लागेको हो । असोज ५ गते पोखरामा आयोजित एकल साझमा रसिकले नयाँ पुराना १८ वटा गीत गाउनेछन् । करिब ३ घण्टाको बिचमा उनले गाएका गीत मध्य उत्कृष्ट राष्ट्रिय, सदाबहार र लोक गीत एकल साझमा घन्काउने छन् ।
gadis rasik 2आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी रसिकको एकल साझ बारे जानकारी गराएको हो । नेपाली राष्ट्रिय गीतबाट सुरु हुने उनको एकल गायन यात्रा सदाबहार लोक हुदै राष्ट्रिय गीतमै टुङ्गिने आयोजकले जनाएको छ । रातो भाले क्वाएँक् क्वाएँक्, घरबेटी नानी आगनीमा देउन मलाई बास लगायतका अति रुचाईएका चर्चित गीत उनले सो अबसरमा गाउनेछन् । उनलाई स्थानिय स्तरमा रहेका गायिक द्धय आचल लामा र रुबी गौलीको साथ रहने कार्यक्रम संयोजक नरबहादुर शेरचनले जानकारी दिए ।
एकल साझँ सम्पन्न गर्न सेरचनको संयोजकत्वमा मुल योजक समिति गठन गरिएको छ भने मेनकाजी गुरुङ सहसंयोजक रहेका छन् ।
त्यस्तै कमल गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, बुद्धीमान गुरुङको संयोजकत्वमा ब्यानर उपसमिति, हुम बहादुर गुरुङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । कार्यक्रमको मुख्य प्रयोजन थकाली सेवा समिति नदिपुर र उपप्रयोजनमा मार्फाली थकाली समाज रहेको छ । एकल साझमा प्रबेशको लागि एक हजार र पाच सय टिकटदर कायम गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न ३ लाख ७२ हजार ९ सय खर्च अनुमान गरिएको छ । आयोजकका अनुसार कार्यक्रमको टिकट बिक्रिबाटै करिब ४ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । उनको यसअघि काठमाण्डौ, झापा, ईलाम र हङकङमा एकल साझ सम्पन्न भैसकेका छन् ।gadis rasik
विसं २०२४ सालबाट गिती यात्रा सुरु गरेका रसिकले करिब ४६ बर्षे यात्रामा सय भन्दा बढी गित गाएका छन् । उनले गाएका र लेखेका दुई सय भन्दा बढी गित अझै पनि रेकर्ड हुन सकेको छैन । ब्यवशायिकताको लागि आफुले एल्बम ननिकालेको रसिकले बताए । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनको क्रममा पोखरामै स्टेज पाएर गायनमा होमिएका रसिकले पहिलो पटक एकल गायन कार्यक्रमको आयोजना गरेकोमा खुसी ब्यक्त गरेका छन् । आफ्नो सृजनालाई संग्रहित गर्ने योजना रहेपनि अर्थअभाबको कारण नसकिएको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...