आर्थिक पत्रकारिता तालिम शुरु

पोखरा, २२ भदौ नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा शनिबार
दुई दिने आर्थिक पत्रकारिता सुरु भएको छ ।अमेरिकी दूतावासको आर्थिक
सहयोगमा सुरु भएको तालिममा पोखरामा क्रियाशील ३० जना पत्रकार सहभागी छन्

तालिममा अर्थमन्त्रालय प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जीवि नेपालले पत्रकारहरुले
गलत अर्थ लाग्ने गरेर पत्रकारिता गर्न नहुने बताए । उनले पत्रकारितामा अध्ययन र
विश्लेषण आवश्यक भएको बताए । पत्रकारिताले सकारात्मक र सफलताको बाटो
देखाउने काम गर्नुपर्नेमा उनको जोड थियो ।
तालिम उद्घाटन सत्रमा पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रि विनोद प्रतिक,
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोइराला, अमेरिकी
राजदूतावासकी संचार विशेषज्ञ मिना कैनी लगाएतले बोलेका थिए ।
तालिममा विजमाण्डु डटकमका सम्पादक सरोज काफ्ले, अन्नपुर्णपोस्टका
पश्चिमाञ्चल ब्यूरो प्रमुख भरत कोईराला, कान्तिपुर दैनिकका अर्थ पत्रकार
गोकर्ण अवस्थी लगाएतले सहजीकरण गर्नेछन् ।

कमेन्टहरु
Loading...