नेपाल विद्यालय फुटबल सङ्घ कास्की गठन

पोखरा, २२ भदौ /विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले निजी तथा सरकारी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा खेलकुद शिक्षकहरूको भेलाद्वारा कास्कीमा पनि नेपाल विद्यालय फुटबल सङ्घको शाखा गठन गरिएको छ ।

नेपाल विद्यालय फुटबल सङ्घका उपाध्यक्ष रत्नमान गुरुङको उपस्थितिमा शुक्रबार स्नो भ्यू एकेडेमी हेमजाका जगत थापाको अध्यक्षतामा १३ सदस्यीय विद्यालय फुटबल सङ्घ कास्की शाखा गठन गरिएको हो।समितिको उपाध्यक्षमा आदर्श बोर्डिङ स्कुलका अजय थापा र शान्तिदीप बोर्डिङ स्कुलका मथुरा पौडेल, सचिवमा सृजना उमाविका गोपाल थापा, सहसचिवमा विष्णुपादुका माविका महेन्द्रसिंह थापा, कोषाध्यक्षमा शान्तिनिकुञ्ज बोर्डिङ स्कुलका चन्दा थापा रहेका छन्।

समितिको सदस्यमा चिल्ड्रेन्स एकेडेमीका हिमाल गुरुङ, रेन्बो एकेडेमीका श्रीकृष्ण अधिकारी, अमरसिंह उमाविका हरि खड्का, लिटिल स्टेप उमाविका नरेन्द्र गुरुङ, गौरीशंकर उमाविका विशालजंग कुँवर, सोसियल पब्लिक स्कुलका जमानसिंह दुरा र सैनिक आवासीय महाविद्यालयका राजु कुँवर रहेका छन्। समितिको सल्लाहकारमा नेपाल आदर्श उमाविका संस्थापक कमल गुरुङ, प्याब्सन कास्कीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची र कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष गोपीबहादुर भट्टराई रहेका छन्।

कमेन्टहरु
Loading...