मजदुर विवादको कारण होटल पोखराको तीन तारे होटल फेवा प्रिन्स बन्द

सागर राज तिमिल्सिना
पोखरा २१ भाद्र/पोखराको तीन राते फेवा प्रिन्स होटल बन्द हुने भएको छ । मजदुरले तलब बृद्धिको माग राखेपछि मासिक घाटाको कारण देखाउदै ब्यबस्थापन पक्षले होटल बन्द गर्न लागेको हो । घाटामा होटल संचालन गरिरहनुपरेको अबस्थामा मजदुरले तलब बद्धिको माग राखेकाले बन्द गर्ने निर्णयमा पुगेको प्रबन्ध निर्देशक नरेश शंकर पालिखेले बताए । ‘मासिक घाटामा चलाउनुपरेको छ , उनले भने त्यसमाथि मजदुरको तलब बृद्धि गर्नुपर्ने माग आए पछि ब्यबस्थापनले थेग्न नसक्ने भए पछि बन्दको निर्णय गरेरको बताए ।
तर मजदुहरुले भने होटल घाटामा नरहेको दाबि गरेका छन् । ब्यबस्थापनले मासिक तलब समयमै उपलब्ध गराएको र अन्य खर्च पनि ब्यबस्थित भैरहेकाले होटल घाटामा गएको भन्नु मजदुरको तलब नबढाउने नियत भएको होटलका कर्मचारी एराज पन्नाचनले बताए । मासिक १८ सय तलब बृद्धिको माग सहित मजदुरहरु आन्दोलनमा उत्रिएपनि होटल ब्यबस्थापनले भने माग पुरा गर्न नसक्ने जनाएको छ । सरकारले पछिल्लो समय निर्धारण गरेको मजदुरको न्युनतम तलब आफुले दुई बर्ष अघिदेखि दिदै आएको पालिखेको दाबि छ ।fewa princ
तर मजदुरहरुले भने होटल ब्यबस्थापनले न्युनतम पारिश्रमिक पनि नदिएको बताए । मजदुरहरुले गत साउन ११ गते होटल ब्यबस्थापनलाई तलब बढाउने माग सहितको लिखित पत्र बुझाएका थिए । हिजो मजदुर र होटल ब्यबस्थापनको बिचमा छलफल भएपनि सहमतिमा पुग्न नसकेपछि अन्तमा होटल बन्द गर्ने निर्णयमा गरेको हो । होटल भित्र युनिसेफको कार्यक्रम चलिरहेपनि मजदुरलाई भने प्रबेश गर्न दिईएको छैन । ब्यबस्थापन पक्षले होटलको मुख्य गेटमा भित्रैबाट ताला लगाएकाले कर्मचारी बाहिरै छन् । कर्मचारीहरुले कालो व्यानर टासि बाहिर गेटमा धर्नामा बसेका छन् ।
होटलमा काम गरिरहेका मजदुरलाई बाहिर निकाली अन्यत्रबाट मजदुर ल्याएर काममा लगाईएको उनिहरुको आरोप छ । मजदुरले गेट खोली सम्मानजनक रुपमा काम गर्न दिनुपर्ने र मासिक १८ सय तलब बृद्धी हुनुपर्ने अडान लिएका छन् । कुल ३१ कोठा रहेको होटलमा ४१ मजदुर कार्यरत छन् । होटलमा चलिरहेको युनिसेफको कार्यक्रम सकिएपछि भोलि बिहान ८ बजेदेखिनै बन्द गरिने पालिखेले जानकारी दिए ।
fewa princ 2उनले होटल मासिक औषत १० ÷ ११ दिन मात्रै चल्ने गरेको बताउदै कर्मचारीको तलब मासिक साढे ४ लाख र अन्य गरी करिब १५ लाख खर्च भएपनि आम्दानी औषतमा मासिक १० लाख रुपैया मात्र रहेको होटल ब्यबस्थापन पक्षको दाबि छ । तर कर्मचारीले भने होटलको आम्दानी राम्रो रहेको दाबि गर्दैआएका छन् । होटलमा पालिखेसंगै अन्य ३ जनाको लगानी रहेको छ । सन् १९९७ देखि संचालनमा रहेको होटल पालिखेले ३ बर्ष अगाडीबाट सन्चालन गर्दै आएका छन् ।
तर पश्चिमाञ्चल होटल संघ पोखराले भने यसबारे आफुलाई जानकारी नभएको जनाएको छ । होटल संघ पोखराका अध्यक्ष हरि शर्मा गैह्रेले स्तरिय होटल आबेशमा आएर बन्द गर्न नहुने बताएका छन् । मजदुरको समस्या दुबै पक्षको सहमतिमा टुङग्याउनुपर्ने उनले बताए । होटल बन्द हुदा पर्यटन बजारमा नराम्रो सन्देश जाने उनले बताए । ब्यबस्थापन र मजदुरबिच मध्यस्थता गरी समस्या समाधन गरिने उनले बताए ।
 

कमेन्टहरु
Loading...