पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

सागर राज तिमिल्सिना
पोखरा, २१ भदौ/पोखरामा आज देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको १७ औ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ६ टिमको सहभागिता छ । प्रतियोगितामा पोखराको ज्ञानुबाबा र टप्स उच्च माविसहित सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस् क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता छ ।
प्रतियोगिता लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च माविको परिसरमा रहेको भलिबल कोर्टमा तीन दिनसम्म चल्ने छ । शुक्रबारको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित ग¥यो । साविक उपविजेता पुलिसले २९–२७, २५–२२ र २५–१८ को सेटमा पराजित गरेको हो ।
दोस्रो खेलमा एपीएफले पोखराको टप्स उच्च माविलाई २५–५, २५–१० र २५–४ को सेटमा सहजै पराजित ग¥यो । मञ्जु गुरुङको कप्तानीमा कोर्टमा उत्रिएको पोखराको ज्ञानुबाबा उच्च माविले नेपाल पुलिसलाई भने पराजित गर्न सफल भयो । उसले २५–१९, २५–१४ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।
लिग चरणको चौथो खेलमा भने सशस्त्र प्रहरीले न्यू डायमण्डलाई पराजित गरी दिनको दोस्रो जीत दर्ता ग¥यो । पूरै पाँच सेटको संघर्षपूर्ण खेलमा सशस्त्रले डायमण्डमाथि २१–२५, २५–२३, २४–२६, २५–१७ र २५–१३ को नतिजा निकाल्यो । आइतबार हुने फाइनलमा विजेताले ५० हजार एक सय एक, उपविजेताले ३० हजार एक सय एक, तृतीयले १५ हजार र सेमिफाइनलिष्ट एक टिमलाई १० हजार प्राप्त गर्ने खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सर्वोत्कृष्ट खेलाडी तथा अन्य छ विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । लामाचौरमा आयोजित हरितालिका तीज महोत्सवको अवसरमा संस्थाले अघिल्लो वर्षदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता सुरु गरेको हो । खेलको उद्घाटन राखेपका सदस्य सचिव युवराज लामाले गरेका हुन् । निःशुल्क प्रवेशका कारण भलिबल प्रतियोगिता हेर्ने दर्शक संख्या उल्लेख्य थियो ।
प्रतियोगितामा शनिबार ज्ञानुबाबा र जावलाखेल, न्यू डायमण्ड र टप्सबीच लिग चरणको खेल हुने छ भने सेमीफाइनल पनि शनिबार नै हुनेछ । प्रतियोगितामा एपीएफ, डायमण्ड र टप्स समूह क मा छन् । भलिबल प्रतियोगितामा अघिल्लो वर्षको उपाधि एपीएफले हात पारेको थियो ।

कमेन्टहरु
Loading...