संक्रमणकालिन न्यायसम्बन्धि ३ दिने गोष्ठि शुरु

पोखरा, २१ भदौ/संक्रमणकालिन न्यायसम्बन्धि ३ दिने क्षेत्रियस्तरको कार्यशाला गोष्ठि बिहिबारदेखि कास्कीको लुम्लेमा शुरु भएको । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय पोखराको आयोजनामा भएको गोेष्ठिमा संक्रमणकालिन अवस्थामा पीडितले न्याय नपाएको बिषयमा केन्द्रित हुने बताईएको छ ।
‘संक्रमणकालिन अवस्थामा पीडितले न्याय नपाएको बिषयमा न्यायसम्बनिध गोष्ठि केन्द्रित भएको छ’ राष्ट्रिय सम्पदा तथा जनअधिकार मञ्च नेपालका महासचिव रामबहादुर पौडेलले भने–‘गोष्ठिमा पश्चिमाञ्चका मानवअधिकारर्मी, पीडित, अधिबक्ता लगायतका सहभागि छन् ।’ गोष्ठिमा करिव ४० जना सहभागि रहेको बताईएको छ ।
गोष्ठिको सहजिकरण बरिष्ठ अधिबक्ता डा.शंकरकुमार श्रेष्ठ र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका निर्देशक यज्ञ अधिकारीले गर्नेछन् । कार्यशाला गोष्ठिको उद्घाटन कार्यक्रममा श्रेष्ठ, अधिकारी, पौडेल तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका कोषाध्यक्ष तारामाया थापाले बोलेका थिए ।

कमेन्टहरु
Loading...