पोखरामा रहेको सुर्यचन्द्र बाटिका रबीन्द्र स्मृति बाटिका नामाकरण गर्ने

पोखरा, १६ फागुन /पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित सूर्यचन्द्र विकास समाजको बुधबार बसेको बैठकले बाटिकाको नाम रबीन्द्र स्मृति बाटिका नामाकरण गर्ने निर्णय गरेको छ ।

आकस्मिक बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद निधन भएका पोखरा ५ निवासी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि पार्कको नाम रबीन्द्र स्मृति बाटिका राख्ने निर्णय गरेको हो ।

सूर्यचन्द्र विकास समाजद्वारा निर्मित पार्क मन्त्री अधिकारीद्वारा गत साउन ११ गते उद्घाटन गरेका थिए । मन्त्री अधिकारीले पार्कस्थापना देखी आधुनिकीकरण सम्म उनले पुर्याएको महत्वपूर्ण भूमिकालाई स्मरण गर्दै सम्मानस्वरुप रबीन्द्र स्मृति बाटिका नामाकरण गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गायत्री भुत्र्याल जानकारी दिइन् ।

कमेन्टहरु
Loading...