रन सुजको उपाहार तनहँुका बस्नेतलाई

जुत्तामा रन आफु जति धन उपहार पाएका तनुहँ खैरेनीटारका महेश बस्नेत यती वेला निकै खुसि छन । बुधबार उपहार पाए पछि बस्नेतले यस अघि आफुले ५०÷ १०० मात्र स्क्रयाच गर्दा पाएकोमा यती धेरै उपहार पाउदा खुसि लागेको बताए । उनले भने दशैँ तिहारको अवसरमा बिभिन्न कम्पनीहरुले ल्याएको उपहार पर्ला जस्तो नलागे पनि आफुलाई परे पछि विश्वास लागेको प्रतित्रmिया दिए ।

रन सुजको दशैँ तिहार उपाहार विजेता तनहँुका बस्नेतले आफ्नो तौल बराबर एक एक रुपैयाको सिक्काको २० हजार रुपैया उपहार पाए । बुधबार एसएस सु सेन्टरका प्रोपाईटर मुत्ति पनेरुले ८४ किलोग्राम भएका तनहुँ खैरेनीटारका २८ बर्षीय बस्नेतलाई एक÷एक रुपैयाको सिक्का उनको तौल बराबर तौलेर उपहार दिएका हुन ।

पोखरा महेन्द्रपुलमा रहेको रन सुजको गण्डकी धौलागिरी डिलर एसएस सु सेन्टरबाट बस्नेतले सोमबार रन सुज लिएका थिए । उनले आफ्नो लागि १ हजार ८ सय ९८ रुपैया तिरेर उक्त सुज किने पछि पाएको स्क्रयाच कार्ड कोरेर हेर्दा जुत्तामा रन आफु जति धन लेखिएको कार्ड प्राप्त गरेका थिए । रन सुजले स्पोर्टस, क्याजुअल, पाटेसुज, स्कुल कलेजका बिद्यार्थीहरुको लागि जुत्ताहरु उपलब्ध गराउदै आएको छ ।

कमेन्टहरु
Loading...