चुनावीका लागी राष्ट्रपतिले गोलमेच समेलन डाक्नु पर्छ ः गुरुङ

कमल थापा हेटौडा र चन्द्र बहादुर स्याङजाका उम्मेद्वार
सागर राज तिमिल्सिना
पोखरा, १९ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङले सडकमा रहेका दललाई चुनावीमा ल्याउन राष्ट्रपतिले गोलमेच सम्मेलनको आह्वान गर्न जरुरी रहेको बताएका छन् । यसो गरेको खण्डमा चुनाव हुनु हुँदैन भन्ने दलहरुलाई गोलमेच सम्मेलनबाट मंसिर ४ भित्रै चुनाव गर्ने गरि चुनावमा ल्याउन सकिने बताए ।Chandra Bahadur Gurung
बुधबार रिपोर्टस् क्लब पोखराको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेता गुरुङले भने–‘चुनाव तोकिएकै मितिमा हुनुपर्छ र चुनावमा सबै दल सहभागि बन्नुपर्छ, यसका लागि राष्ट्रपतिले सडकमा रहेका दलहरुलाई चुनावमा ल्याउन गोलमेच सम्मेलन, सर्वदलिय वैठक आह्वान जस्ता उपायहरुको खोजी गर्न आवश्यक छ ।’ नेकपा–माओबादी लगाएतका केहि दलहरु चुनाव नजिकिँदै गर्दा सडकमा आउने संभावनालाई मध्यनजर गर्दै समस्याको समाधान त्यो भन्दा पहिल्यै गर्नुपर्ने उनको भनाई छ ।
राप्रपा महामन्त्री गुरुङले चुनावी वातावरणका लागि चार दलिय सिन्डिकेट हटाउन आवश्यक भएको बताए । ‘राजनीतिमा चार दलिय सिन्डिकेटले निरन्तरता पाउने हो भने चुनाव निष्पक्ष हुन सक्दैन ।’ उनले भने–‘र, पुरानै ईतिहास दोहोरिन्छ ।’ चार दलिय समिकरण उनीहरुको भ्रष्टाचार लुकाउन लागि मात्रै भएको उनले आरोप लगाए । आफ्नो पार्टी राप्रपा क्रमसंख्याअनुसार तीन नम्बरमा दर्ता हुनुपर्नेमा चार दलकै दबाबमा नवौँ नम्बरमा दर्ता हुनुपरेको समेत उनले सुनाए ।
राप्रपा महामन्त्री गुरुङले आगामी संविधान सभाको चुनावमा आफुले स्याङ्गजाको क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा उम्मेदवारी दिने समेत बताए । ‘मेरो जित स्याङ्गजाबाट निश्चित छ ।’ उनले भने–‘त्यसमा कुनै दुविधा छैन ।’ ठुला दलहरुप्रति जनताको वितृष्णा बढिरहेको बेलामा राप्रपाले अहिलेको चुनावमा राम्रो प्रतिफल ल्याउनेमा समेत उनी ढुक्क देखिए । राप्रपाले ठुला पार्टीसंग विच्किएका जनतालाई आफ्नो मतमा ल्याउनका लागि चाँडै नै अभियान थाल्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
कमल थापा हेटौडाबाट
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौडाबाट आगामी चुनावको लागि उम्मेदवारी दिने भएका छन् । हेटौँडा क्षेत्र नम्बर १ बाट उनले उम्मेदवारी दिन लागेको राप्रपा नेपालले पुष्टी गरेको छ ।
राजाबादी दल राप्रपा नेपालका अध्यक्षले हेटौडाबाट उम्मेदवारी दिने भएसंगै त्यस क्षेत्रमा राजबादीहरुले चुनावी माहौल बनाउन थालिसकेका छन् । पछिल्लो समय ठुला दलले जनआकांक्षा पुरा गर्न नसकेको अवस्थामा राजाबादी दलले चुनावमा राम्रो परिणाम ल्याउने आँकलन पनि हुन थालेका छन् ।

कमेन्टहरु
Loading...