नेपाल ४ अंकका साथ शिर्ष स्थानमा, पाकिस्तान सगँ बराबरी(फोटोफिचर र भिडियो सहित)

पोखरा, १८ भाद्र/काठमाडौमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज बराबरी खेल्दै शिर्ष स्थानमा कायमै रहेको छ । आज पाकिस्तान सगँ एक एक गोलको बराबरी खेल्दै ४ अंकका साथ शिर्ष स्थानमा कार्यमै छ । अन्तराष्ट्रिय खेलमा डेव्य गरेका विमल घर्ति मगरले अतिरिक्त समयमा गोल गरेका हुन् । अन्तिम समयमा गरेको मगरको गोलले नै नेपाल बराबरीमा पुुगेको हो । पाकिस्थानले खेलको १४ औं मिनेटमा हसन वासिरले गोल गरेका थिए । डिफेन्डरले भरिएको नेपाली डिबक्स नजिकैबाट अनमार्क उनले हानेको सर्ट गोलकिपरले किरणले समात्नै भ्याएनन् ।
पाकिस्तानी गोल रक्षकसाग ठोक्किएर घाईते भएका नेपाली स्ट्राईकर अनिल गुरुङलाई ३९ औं टंक बस्नेतले सब्सिच्युट गरेका थिए उनकै ठाउँमा गएका विमलले गोल गरेका हुन् । समुहमा ४ अंकका साथ भारत दोस्रो स्थानमा छन् । अब नेपाल भारत सगँ खेल्ने छ ।
आजै भएको अर्को खेलमा भारत र बंगलादेशले अंक बाँडेका छन् । हलचोक मैदानमा भएको खेलमा जित नजिक पुगेको बंगलादेशले बराबरीमा चित्त बुझाउनुपर्यो ।
पहिलो खेलमा नेपालसँग पराजित बंगलादेशले ८२ औं मिनेटमा अग्रता लिएको जित नजिक पुगेको थियो । तर, भारतीय कप्तान सुनिल क्षेत्रीले खेल सकिने केही सकेन्ड अघि मात्रै प्रिmकिकमार्फत् गोल गर्दै टोलीलाई बराबरी बनाए । तस्वीरः एजेन्सी
भिडियोको लागी यहाँ किल्क गर्नु होला http://www.youtube.com/watch?v=p1mjqIHxv9Y#t=68
np 2
bimalnp 3hami
dar
 

कमेन्टहरु
Loading...