पुर्व सभामुख तारानाथ रानाभाटको नाम चौथो नम्बरमा

कास्की काग्रेसमा उम्मेद्वारका आकंक्षी धेरै
एक क्षेत्रबाट ३४ जनाको उम्मेद्वारी
सागर राज तिमिल्सिना
पोखरा, १८ भाद्र/पुर्व सभामुख तारानाथ रानाभाटको कास्कीको क्षेत्र नम्बर १ बाट चौथो नम्बरमा नाम शिफारी भएको छ । अघिल्लो सविधान सभामा प्रत्यक्ष र समानुपात्ती दुबैमा नपरेका रानाभाट यस पटक कास्की क्षेत्र नम्बर १ बाट चौथो नम्बरमा नाम शिफारीस गरेको हो । कांग्रेसमा रानाभाटले इच्छा नराखेको भए सभापति यज्ञ थापा क्षेत्र नम्बर १ का निर्बिकल्प उम्मेद्वार थिए ।
taranathराजदरबार हत्याकान्डको छानविन समितिका संयोजक र राजा ज्ञानेन्द्रको शासनकालका बेलामा जनआन्दोलनलाई साथ नदिएर आलोचित भएका रानाभाट त्यस पछि पार्टीको जिम्मेबारीमा छैनन् । कास्की क्षेत्र नम्बर १ मा पहिलो नम्बर नेपाली काग्रेस कास्की सभापति यज्ञ बहादुर थापाको नाम सिफारी भएको छ भने दोस्रोमा कृष्ण केसी, तेस्रोमा जिवन परियार र पाँचौमा बद्धिमान गुरुङ्गको नाम सिफारीस भएको छ । कास्की क्षेत्र नम्बर एकबाट २१ जनाको नाम समानुपातीकमा सिफारीस गरेको छ ।
उम्मेद्वारका आकांक्षीहरु धेरै भए कास्की काग्रेसमा उम्मेद्वारहरुको नाम छनौटमा गुट बन्धी समेत देखिएको छ । नेताहरु आफ्नो पक्षमा भएर मात्र आगामी संविधान सभा निर्बाचनको टिकट नपाउने डरका कारण कांग्रेस उम्मेद्वारका आकांक्षीहरु क्षेत्रीय कमिटीका सदस्यहरुलाई आफ्नो पक्षमा पार्न दौडधुपमा नै छन् । अन्तिम समय सम्म पनि उनि आफ्नो पक्षमा पर्न कार्यकता र नेता फकाउन व्यस्थ देखिन्थे । मंगलबार १ बजे सम्म कास्की काग्रसेमा क्षेत्रबाट नाम पठाउनु पर्ने हुनाले क्षेत्र नम्बर २, ३ र ४ मा अहिले सम्म नाम शिफारी हुन सकेको छैन । एउटै क्षेत्रबाट प्रत्यक्षमा १२ जना र समानुपातीकमा २२ जना सम्मले उम्मेद्रीका लागी नाम दिएका छन् र नाम फिर्ता लिन मानेका छैनन् ।
कास्की क्षेत्रनम्बर २ मा पुर्व राज्यमन्त्रि महादेव गुरुङ्ग देखि १२ जना सम्मले प्रत्यक्षका लागी उम्मेद्वारी दिएका छन् । कास्कीको क्षेत्रनम्बर २, ३, ४ मा क्षेत्रिय भेला नेता चुन्नका लागी बैठक जारी भए पनि निणर्य भने हुन सकेको छैन । काग्रेस केन्द्रिय कमिटिले ३ जना प्रत्यक्ष र ५ जना समानुपातीको नाम पठाउन भएको छ ।
त्यसै गरि नेकपा एमालेमा पनि १८ गते भित्र ४ वटै क्षेत्रिय समितिले निर्णय गर्ने भने पनि विवाद बढे पछि २० गते सम्मका लागी जिल्ला समितिले समय थप गरेको छ । एमाले पार्टिले प्रत्येक क्षेत्रबाट प्रत्यक्ष र समानुपातीकबाट पाचँ पाचँ जनाको नाम शिफारीस गरि पठाउन भनेको छ । एकिकृत नेकपा माओेवादीले भने यस अघिनै प्रत्येक क्षेत्रबाट पाचँ जनाको नाम पठाइ सकेको छ भने अन्य साना दलमा पनि चुनावी चर्चा शुरु चलेको छ ।

कमेन्टहरु
Loading...