पोखरा,भदौ १८ गते/अखिल नेपाल फुटबल संघ केन्द्रको आयोजना तथा कास्की जिल्ला फुटबल संघको ब्यवस्थापनमा पोखरामा संचालित पश्चिमाञ्चल क्षेत्रीयस्तरीय कोकाकोला अन्त्तर विद्यालय छात्र÷छात्रा छनोट फुटबल प्रतियोगिताको छात्रा तर्फ टप्स उच्च मावि र छात्र तर्फ गण्डकी बोडिङ स्कुल च्याम्पियन बन्न सफल भएका छन् ।
क्षेत्रीय प्रहरी गण पार्दीको खेद मैदानमा मंगलबार भएको छात्रा तर्फको फाइनल खेलमा टप्स उच्च मावि रामघाटले गण्डकी बोडिङ स्कुल लामाचौरलाई १–० को कठिन जित निकाल्दै उपाधि जित्न सफल भएको हो । विमला चौधरीले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक भएपछि टप्स उच्च मावि क्षेत्रीय च्याम्पियन बन्न सफल भएको हो । क्षेत्रीय च्याम्पियन बन्न सफल टप्सले काठमाडौमा हुने राष्ट्रिय कोकाकोला कप फुटबल प्रतियोगितामा प्रतिनिधित्व गर्ने छ ।
त्यस्तै छात्र तर्फको मंगलबारै सम्पन्न फाइलन खेलमा गण्डकी बोडिङ स्कुल पोखराले भू.पू सैनिक मावि स्याङजलाई ४–१ को फराकिलो जित निकाल्दै क्षेत्रीय च्याम्पियन बन्यो । गण्डकीको जितमा अनिस परियारले दुई गोल गरे भने दिपेश कार्की र निरज बरालले एक÷एक गोल गरे । सेमिफाइनल खेलमा जन विकास मावि लम्जुङले गण्डकी बोडिङ स्कुल पोखरालाई ३–१ ले पराजित गरे पनि गण्डकी विजयी थियो । जनविकासले विद्यालय भन्दा बाहिरका खेलाडि सहभागी गराएको भन्दै गण्डकीले एन्फा कास्कीमा उजुरी हालेको थियो । उजुरी मािथ छानविन गर्दा विद्यालय भन्दा बाहिरका खेलाडि सहभागि भएको पाइएकोले गण्डकीलाई विजयी भएको एन्फा कास्कीले घोषणा गरेपछि गडण्की फाइनल प्रवेश गरेको थियो ।
छात्र तर्फको विजयी गण्डकी बोडिङ र भू.पू सैनिक उच्च मावि स्याङजाले काठमाडौमा आयोजना हुने राष्ट्रिय कोकाकोला कप फुटबलमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने छन् । काठमाडौमा हुने अन्तिम प्रधिस्पर्धामा प्रथम हुनेले चार लाख र द्धितियले दुई लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । विजयी दुवै टिमलाई अंचल प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक केदारमान सिहं भण्डारी, एन्फा कास्कीका अध्यष गोपी बहादुर भटराई, महिला फुटबल संघ कास्कीका अध्यक्ष भक्ति गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, क्षेत्रीय प्रहरी गण पार्दीका गणपती सुरेन्द्र अधिकारी,राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य जयराम हमाल, एन्फा कास्कीका सचिव ओम बस्नेत, गण्डकी बोडिङका प्राचार्य रविप्रसाद बराल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । चार दिन सम्म संचालन भएको प्रतियोगितामा पश्चिमाञ्चलका ९ जिल्लाबाट छात्र तर्फ ११ र छात्रा तर्फ ४ टिम गरि १५ टिमको सहभािगता रहेको थियो ।
यसैविच सोही कार्यक्रममा तेस्रो संस्करणको सफल पोखरा कपमा सहभागी हुने आयोजक टिमका खेलाडिहरुलाई फुटबल प्रेमी एवं राखेप पूर्व सदस्य जयराम हमालले ८ ओटा बल प्रदान गर्नु भयो । टिम ब्यवस्थापक महेन्द्र गुरुङलाई हमालले बल हस्तान्तरण गर्नु भएको थियो । सफल कप आगामी कात्तिक ५ देखि १६ गतेसम्म पोखरा रगंशालामा संचालन गर्ने तयारी एन्फा कास्कीले गरेको छ । तस्वीर पनि छ । समापन कार्यक्रम एन्फा कास्कीका अध्यक्ष गोपिबहादुर भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव राजन पौडेलले गर्नुभएको थियो । छात्रा तर्फ विजेता खेलाडिलाई कप प्रदान गदै अंचल प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक केदारमान सिहं भण्डारी, एन्फा कास्कीका अध्यष गोपी बहादुर भटराई लगायत ।
तस्वीर सौजन्य दिपक गोदार
२०८१ बैशाख २१ गते शुक्रबार
कोकाकोला फुटबल प्रतियोगिताको छात्रा तर्फ टप्स र छात्र तर्फ गण्डकी बोर्डिङ च्याम्यिन
कमेन्टहरु