पोखरा, २९ माघ /सुपर ओभरमा टप्सले आफनो भाग्य चम्काउँदै विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनल यात्राको सम्भावनालाई जिवितै राखेको छ । टप्सले हिमाञ्चल बोर्डिङलाई जितको लागि ८७ रनको लक्ष्य दियो । जवाफी व्याटिङमा पनि ८६ रनमै अलआउट हुदैं खेल टाई हुन पुग्यो । लिगकम नकाउट भएपनि टि–२० मा निर्णय अनिवार्य हुने भन्दै सुपर ओभरमा निर्णय गरियो ।
सुपरओभरमा ९ रनको लक्ष्यलाई टप्सले एक बल अगावै पुरा गर्यो । अमृत गुरुङले दुई चौका हाने । रोमन हमालले १ रनमा बनाई आउट भए । सफल खड्काले भने शून्य रनमै नटआउट रहे । ९ रनको लक्ष्य पुरा गर्न क्रिजमा आएको टप्सले एक बल अगावै पुरा गर्ने क्रममा ११ रन बनायो । पहिलो बलमा १ रन, दोस्रो बलमा १ रन , तेस्रो बलमा पनि १ रन र चौथो र पाँचौ बलमा दुई चौका हिर्काएपछि टप्सले जित पक्का गर्यो । टप्सका लागि बसन्त गुरुङले ९ रन एक्लैले हिर्काए । मेखबहादुर सेनले २ रन जोडे ।
टस हारेर व्याटिङ गर्न आएको टप्सले मौसम गुरुङ र बसन्त गुरुङको १४÷१४ रनको योगदानमा ८६ रन बनाउने क्रममा सबै विकेट गुमायो । विनय गर्बुजाले ११ रन बनाए । हिमाञ्चलका बलरले सस्तैमा समेट्ने क्रममा सुभम ढकालले ३ विकेट लिए । सफल खड्काले पनि ३ विकेट आफनो नाममा लेखाए र आरोन श्रेष्ठले २ विकेट लिदै टप्सलाई १३ ओभर ५ बलमा समेटिदिएको थियो ।
८७ रन पछ्याएको हिमाञ्चल बोर्डिङले अमृत गुरुङको १६ र आरोन श्रेष्ठको १० रनको योगदानमा ८६ रन बनाउँदा २० ओभर म्याच पुरै खेल्यो । लक्ष्य पछ्याउन निकै सकस बन्दा टप्सका विनय गर्बुजाले ३ विकेट लिए, सुजन गुरुङ र मेखबहादुर सेनले दुई ÷दुई विकेट लिए । खेलमा जे४ स्पोर्टस म्यान अफ दि म्याच भने विनय गर्बुजा घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा जनप्रिय माविले पूर्णबहादुर जि.टीको अलराउण्डर प्रदर्शनमा अमरसिंह माविमाथि दुई रनको रोमाञ्चक जित निकाल्यो । पराजयसँगै प्रतियोगिताबाट अमरसिंह मावि बाहिरिएको छ ।
पूर्णबहादुर जि.टीको ३८ रनको योगदानमा जनप्रिय माविले ९ विकेटको क्षतिमा १४३ रन बनायो । पुरै ओभर खेल्ने क्रममा जि.टीले ३८ रन(३० बल–६ चौका–१ छक्का) हिर्काउँदै आफनो जिम्मेवारी पुरा गरे । सुभाष मगरले २९ रन(३७ बल–४ चौका) हान्दै महत्वपूर्ण इनिङ्स खेले । मौसम क्षत्रीले पनि १८ रनको योगदान गरे । किरण सुवेदीले ३ विकेट(४–०–१६–३ ) लिए । मुनाल तिमिल्सिनाले पनि ४ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिए ।
१४४ रनको लक्ष्य पछ्याएको अमरसिंह मावि भने १४१ रनमा आउट हुन पुग्यो । समिर पराजुलीले २७ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउन भने सकेनन् । उनले २८ बल खेल्दै ४ चौका हिर्काए । अच्युतराज घिमिरले १९ रन बनाउने क्रममा १८ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । नविन त्रिपाठीले पनि २० बलमा १३ रन जोडे । दुई चौका उनको नाममा लेखियो । जनप्रियका पूर्णबहादुर जि.टीको अलराउण्डर प्रदर्शन रह्यो । उनले चार विकेट लिने क्रममा १४ रन खर्चिए । उनको ४–१–१४–४ प्रदर्शन रह्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।