भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, १८ भदौ/निर्मलपोखरी गाविसमा भदौ २२ गते हुन लागेको वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अभियान युवा क्लब निर्मलपोखरी वडा नं–२ ले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
जनचेतन उच्च माविको प्राङगणमा हुन लागेको प्रतियोगिताको नेकपा ऐमालेका नेता तथा पूर्व सभासद रविन्द्र अधिकारीले उद्घाटन गर्ने भएका छन् । प्रतियोगिताको लागि प्रचार प्रसार भईरहेको क्लबका अध्यक्ष अर्जुन गिरी जानकारी दिए । विशेष गरि युवाहरु विकृती नलागुन र सबै वडाका युवाहरु विच भाईचार कायम रहोस भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा करिब १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा भाग लिन टिमले दर्ता स्वरुप १२ सय शुल्क तिर्नु पर्ने क्लबले जनाएको छ । २०६४ सालमा स्थापना भएको क्लबले विगतका दिनमा खेलकुद लगायत समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...